नगर समितिको अध्यक्षमा श्रेष्ठ


नगर समितिको अध्यक्षमा श्रेष्ठ

नेपालगन्ज: घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगरपालिका नगर समितिको अध्यक्षमा रचना श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।

व्यवसायीक क्षेत्रमा लामो समय काम गर्दै आएकी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नगर समिति चयन गरेको हो । त्यस्तै बरिष्ठ उपाध्यक्ष दिपेन्द्र कुमार जोशी, उपाध्यक्ष मोहमद फरिदुल हक, महासचिव शतिशकुमार अधिकारी, कोषाध्यक्ष मोहमद ओहाव खाँ चयन भएका छन् ।

सदस्यमा क्रमश खगेन्द्र प्रशाद न्यौपाने, बिजय चौधरी, तनबिर अहमद शेष छन् । यसैगरी मिना ढकाल सुवेदीको अध्यक्षतामा ११ सदस्यीय महिला समिति गठन गरिएको छ ।

महिला समितिको बरिष्ठ उपाध्यक्ष मिना डाँगी, उपाध्यक्ष सरस्वती मल्ल, महासचिवमा इन्द्रकुमारी बुढा, कोषाध्यक्षमा कस्मिरा खातुन छन् । सदस्यमा साधना आलेमगर, सोनमसिंह अधिकारी, कोमल श्रेष्ठ, निलम ज्ञवाली चयन भएका छन् ।