नेपालगन्ज : नेपाल घरवाहल उपभोक्ता मन्च बाँकेले कोहलपुरमा कार्यालय स्थापना गरेको छ । कोहलपुर नगरपालिका ११ स्थित उज्यालो बजारमा स्थापना गरिएको कार्यालयको कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जुकुमारी चौधरीले सोमबार उद्घाटन गरेकी छन् ।
घरबेटी र घरवाहलमा बस्नेहरुबीच सुमधुर सम्बन्ध स्थापना गराउनुका साथै वाहालमा वस्नेहरुको हक अधिकारकालागि मन्चले भूमिका निर्वाह गर्दै आईरहेको मञ्चका कार्यवहाक अध्यक्ष तिलकसिह कार्कीले बताए ।
कार्यक्रममा नेकपा ५ नम्बर प्रदेशका सदस्य नरेन्द्र न्यौपाने, उद्योग वाणिज्य संघ कोहलपुरका प्रतिनिधि तथा विभिन्न राजनितिज्ञ तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।