नेपालगन्ज : महिला उद्यमी संघ बाँकेको अध्यक्षमा निर्मला गौतम सर्वसम्मत निर्वा्चित भएकी छन् । शनिबार भएको १६ औं अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा निरुपमा रस्तोगी, द्वितीय उपाध्यक्षमा सावित्रा बस्नेत, महासचिवमा रेवती सिंह, सह—सचिवमा शारदा श्रेष्ठ र कोषाध्यक्षमा सुनिता पाण्डे निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा नितु चन्द, आभा गौतम, बिन्दु चर्तीमगर, सुनिता सुवेदी, सुष्मा ज्ञवाली, सान्त्वना राणा, सरिता शाक्य छन् ।