यस वर्ष बाँकेले २२ करोड ३८ लाख कम बजेट पायो

करिब ४ अर्बको बजेट सिलिङ्गमा कुन पालिकाको कति ?


यस वर्ष बाँकेले २२ करोड ३८ लाख कम बजेट पायो

नेपालगन्ज १६ जेठ : संघीय सरकारले ल्याएको बजेटमा बाँकेले कम बजेट पाएकोछ । चालु आर्थिक वर्षको तुलनमा आगामी वर्षका लागि २२ करोड ३८ लाख कम बजेट पाएको हो । संघीय सरकारले ल्याएको बजेटमा यस वर्ष बाँके बाँकेले करिब ४ अर्ब बजेट पाएकोछ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बाँकेले कुल ३ अर्ब ९३ करोड ३५ लाख बजेट पाएको हो ।

बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकाका लागि उक्त बजेट विनियोजन भएको हो । बाँकेले कुल ३ अर्ब ९३ करोड ३५ लाख बजेट अनुदान पाएकोछ । जसमा समानीकरण अनुदान तर्फ १ अर्ब २६ करोड ९९ लाख छ भने विशेष अनुदानतर्फ ७ करोड ६० लाख रहेकोछ ।

यस्तै चालुतर्फ ३ अर्ब ६९ करोड ९९ लाख र पुँजीगत प्रकृति २३ करोड ३६ लाख गरि कुल ३ अर्व ९३ करोड ३५ लाख बजेट अनुदान पाएको हो ।

करिब ४ अर्बको बजेट सिलिङ्गमा कुन पालिकाको कति ?

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्ज उपमहानगरपालिका

आगामी आर्थिक वर्षका लागि नेपालगन्ज उपमहानगरपालिकाले ८८ करोड ३८ लाख बजेट विनियोजन गरिएकोछ । जसमा समानीकरण अनुदान तर्फ जम्मा २९ करोड ४७ लाख र सर्शत अनुदानतर्फ चालु र पुँजीगत गरि ५६ करोड ९६ लाख रहेकोछ ।

यस्तै विशेष अनुदानतर्फ चालु र पुँजीगत गरि १ करोड २० लाख र समपुरक अनुदान ७५ लाख विनियोजन गरिएकोछ ।

चालुतर्फ ८५ करोड २ लाख र पुँजीगत प्रकृति ३ करोड ३६ लाख गरि कुल ८८ करोड ३८ लाख रहेकोछ । गत वर्षभन्दा यस वर्ष नेपालगन्जले ७ करोड ३७ लाख कम बजेट पाएको हो ।

कोहलपुर नगरपालिका

कोहलपुर नगरपालिकाले ५३ करोड ४३ लाख बजेट पाएकोछ । जसमा समानीकरण अनुदान तर्फ जम्मा १८ करोड २६ लाख र सर्शत अनुदानतर्फ चालु र पुँजीगत गरि ३३ करोड ९७ लाख रहेकोछ ।

यस्तै विशेष अनुदानतर्फ चालु र पुँजीगत गरि ७० लाख र समपुरक अनुदानतर्फ ५० लाख पाएकोछ ।

कोहलपुर नगरपालिकाले चालुतर्फ ५१ करोड १३ लाख र पुँजीगत प्रकृति २ करोड ३० लाख गरि कुल ५३ करोड ४३ लाख बजेट पाएकोछ । गत वर्षभन्दा यस वर्ष कोहलपुर नगरपालिकाले ४ रोड ७६ लाख कम बजेट पाएको छ ।

खजुरा गाउँपालिका

खजुरा गाउँपालिकाले कुल ५२ करोड २६ लाख बजेट पाएकोछ । जसमा समानीकरण अनुदान तर्फ जम्मा १४ करोड ६२ लाख र सर्शत अनुदानतर्फ चालु र पुँजीगत गरि ३६ करोड २९ लाख बजेट पाएकोछ ।

यस्तै विशेष अनुदानतर्फ चालु र पुँजीगत गरि ८५ लाख र समपुरक अनुदान ५० लाख बजेट पाएकोछ ।

खजुरा गाउँपालिकाले चालुतर्फ ४९ करोड ६५ लाख र पुँजीगत प्रकृति २ करोड ६१ लाख गरि कुल ५२ करोड २६ लाख बजेट पाएकोछ । गत वर्षको तुलनामा यस वर्ष खजुरा गाउँपालिकाले २ लाख बढि बजेट पाएकोछ ।

जानकी गाउँपालिका

जानकी गाउँपालिकाले ३१ करोड २४ लाख बजेट पाएकोछ । जसमा समानीकरण अनुदान तर्फ जम्मा ११ करोड ६६ लाख र सर्शत अनुदानतर्फ चालु र पुँजीगत गरि १८ करोड ४३ लाख बजेट पाएकोछ ।

यस्तै विशेष अनुदानतर्फ चालु र पुँजीगत गरि ५५ लाख र समपुरक अनुदानतर्फ ६० लाख बजेट पाउँदा जानकीले चालुतर्फ २९ करोड ९९ लाख र पुँजीगत प्रकृति १ करोड २५ लाख गरि कुल ३१ करोड २४ लाख बजेट पाएकोछ । गत वर्षभन्दा जानकीले ४ करोड २३ लाख कम बजेट पाएकोछ ।

डुडुवा गाउँपालिका

डुडुवा गाउँपालिकाले कुल ३३ करोड ७३ लाख बजेट पाएकोछ । जसमा समानीकरण अनुदान तर्फ जम्मा ११ करोड २३ लाख र सर्शत अनुदानतर्फ चालु र पुँजीगत गरि १९ करोड ८५ लाख बजेट पाएकोछ ।

यस्तै विशेष अनुदानतर्फ चालु र पुँजीगत गरि एक करोड र समपुरक अनुदान १ करोड ६५ लाख बजेट पाएकोछ ।

डुडुवाले चालुतर्फ ३० करोड ३३ लाख र पुँजीगत प्रकृति ३ करोड ४० लाख गरि कुल ३३ करोड ७३ लाख बजेट पाएकोछ । गत वर्ष भन्दा यसवर्ष डुडुवाले ३ करोड ७३ लाख कम बजेट पाएकोछ ।

नरैनापुर गाउँपालिका

नरैनापुर गाउँपालिकाले कुल ३३ करोड ६ लाख बजेट पाएकोछ । जसमा समानीकरण अनुदान तर्फ जम्मा १० करोड ९२ लाख र सर्शत अनुदानतर्फ चालु र पुँजीगत गरि २० करोड ३९ लाख बजेट पाएकोछ ।

यस्तै विशेष अनुदानतर्फ चालु र पुँजीगत गरि १ करोड १५ लाख र समपुरक अनुदान ६० लाख बजेट पाएकोछ ।

नरैनापुरको चालुतर्फ ३० करोड १६ लाख र पुँजीगत प्रकृति २ करोड ९० लाख गरि कुल ३३ करोड ६ लाख बजेट पाएको हो । गत वर्षको तुलनामा यसवर्ष नरैनापुरले २ करोड १३ लाख कम बजेट पाएकोछ ।

बैजनाथ गाउँपालिका

बैजानाथ गाउँपालिकाले कुल ४८ करोड ७५ लाख बजेट पाएकोछ । जसमा समानीकरण अनुदान तर्फ जम्मा १५ करोड २० लाख र सर्शत अनुदानतर्फ चालु र पुँजीगत गरि ३१ करोड ९५ लाख बजेट पाएको हो ।
यस्तै विशेष अनुदानतर्फ चालु र पुँजीगत गरि एक करोड र समपुरक अनुदान ६० लाख बजेट पाएकोछ ।

बैजनाथले चालुतर्फ ४४ करोड २७ लाख र पुँजीगत प्रकृति ४ करोड ४८ लाख गरि कुल ४८ करोड ७५ लाख बजेट पाएकोछ । गतवर्षको तुलनामा यसवर्ष बैजनाथले १५ लाख बढी बजेट पाएकोछ ।

राप्तीसोनारी गाउँपालिका

राप्तीसोनारी गाउँपालिकाले कुल ५२ करोड ५० लाख बजेट पाएकोछ । जसमा समानीकरण अनुदान तर्फ जम्मा १५ करोड ६३ लाख र सर्शत अनुदानतर्फ चालु र पुँजीगत गरि ३५ करोड २ लाख बजेट पाएकोछ ।

यस्तै विशेष अनुदानतर्फ चालु र पुँजीगत गरि १ करोड १५ लाख र समपुरक अनुदान ७० लाख बजेट पाएकोछ ।

राप्तीसोनारीले चालुतर्फ ४९ करोड ४४ लाख र पुँजीगत प्रकृति ३ करोड ६ लाख गरि कुल ५२ करोड ५० लाख बजेट पाएकोछ । गतवर्षको तुलनामा राप्तीसोनारीले यसवर्ष २१ लाख कम बजेट पाएकोछ ।

थप समाचार

बाँकेलाई ४ अर्ब १५ करोड ७३ लाख बजेट