बाँकेलाई ४ अर्ब १५ करोड ७३ लाख बजेट

सबैभन्दा बढि नेपालगन्ज र सबैभन्दा कम नरैनापुरको बजेट


बाँकेलाई ४ अर्ब १५ करोड ७३ लाख बजेट

नेपालगन्ज १९ जेठ : संघीय सरकारले ल्याएको बजेटमा बाँकेले ४ अर्ब बढि बजेट पाएकोछ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बाँकेले कुल ४ अर्ब १५ करोड ७३ लाख बजेट पाएको हो ।

बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकाका लागि उक्त बजेट विनियोजन भएको हो । बाँकेमा सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिका र सबै भन्दा कम नरैनापुर गाउँपालिकाले बजेट पाएकोछ । चालु तर्फ ३ अर्ब ६६ करोड ४४ लाख र पुँजीगत प्रकृति ४९ करोड २९ लाख गरि बाँकेलाई कुल ४ अर्ब १५ करोड ७३ लाख बजेट विनियोजन गरिएकोछ ।

समानीकरण अनुदानतर्फ बाँकेले एक अर्ब ४६ करोड १६ लाख, सशर्त अनुदानतर्फ (चालु र पुँजीगत प्रकृति) २ अर्ब ४९ करोड ५८ लाख, विशेष अनुदानतर्फ (चालु र पुँजीगत प्रकृति) १० करोड ८० लाख, समपुरक अनुदान (पुँजीगत प्रकृति) ९ करोड १९ लाख गरि बजेट पाएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले समानीकरण अनुदानतर्फ एक अर्ब ४६ करोड १६ लाख, सर्शत अनुदानतर्फ ५७ करोड एक लाख, विशेष अनुदानतर्फ २ करोड, समपुरक अनुदान २ करोड ७५ लाख गरि कुल ९५ करोड ७५ लाख बजेट पाएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

कोहलपुर नगरपालिकाले समानीकरण अनुदानतर्फ २१ करोड ७ लाख, सर्शत अनुदानतर्फ ३४ करोड ८४ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख, समपुरक अनुदानतर्फ ६० लाख गरि कुल ५८ करोड एक लाख पाएकोछ ।

यस्तै खजुरा गाउँपालिकाले समानीकरण अनुदानतर्फ १६ करोड ७९ लाख, सर्शत अनुदानतर्फ ३३ करोड ९५ लाख, विशेष अनुदानतर्फ ८० लाख, समपुरक अनुदानतर्फ ७० लाख गरि कुल ५२ करोड २४ लाख पाएकोछ ।

जानकी गाउँपालिकाले समानीकरण अनुदानतर्फ १३ करोड ३९ लाख, सर्शत अनुदानतर्फ १७ करोड ४८ लाख, विशेष अनुदानतर्फ ती करोड, समपुरक अनुदानतर्फ एक करोड ६० लाख गरि कुल ३५ करोड ४७ लाख पाएकोछ ।

डुडुवा गाउँपालिकाले समानीकरण अनुदानतर्फ १३ करोड १५ लाख, सर्शत अनुदानतर्फ २१ करोड ९१ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख, समपुरक अनुदानतर्फ ९० लाख गरि कुल ३७ करोड ४६ लाख पाएकोछ ।

नरैनापुर गाउँपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड २१ लाख, सर्शत अनुदानतर्फ ३० करोड ३८ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख, समपुरक अनुदानतर्फ एक करोड १० लाख गरि कुल ३५ करोड १९ लाख पाएकोछ ।

बैजनाथ गाउँपालिका समानीकरण अनुदानतर्फ १७ करोड ५० लाख, सर्शत अनुदानतर्फ २९ करोड ३६ लाख, विशेष अनुदानतर्फ ५० लाख, समपुरक अनुदानतर्फ एक करोड ५४ लाख गरि कुल ४८ करोड ९० लाख पाएकोछ ।

विशेष अनुदान र समपुरक अनुदानतर्फ कुनै पनि बजेट नपाएको राप्तीसोनारी गाउँपालिकाले समानीकरण अनुदानतर्फ १८ करोड ६ लाख, सर्शत अनुदानतर्फ ३४ करोड ६५ लाख गरि कुल ५२ करोड ७१ लाख बजेट पाएकोछ ।

थप समाचार

लुम्बिनीले १८ अर्ब बढि बजेट पाउँदा कुन प्रदेशले कति बजेट पायो ?