नेपालगन्ज : अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा कोहलपुरका तीन युवा सम्मानित भएका छन । नगरस्तरीय युवा संजाल कोहलपुरले यस क्षेत्रका तीन जना युवालाई सम्मान गरेको हो ।
पश्चिम नेपालकै सफल होटल ब्यवसायी देवानन्द अर्याल, साहित्यकार सुमित्रा न्यौपाने र सफल उद्यमी मधु खड्कालाई सम्मान गरीएको नगरस्तरीय युवा संजाल कोहलपुरका उपाध्यक्ष टोपराज जैशीले बताए । उनीहरुलाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरीएको छ ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले सम्मृद्ध नेपाल निर्माणको जिम्मेवारी युवाहरुको काँधमा आएको बताए । उनले जस्तो सुकै कठिन परिस्थितिसँग जुध्ने सामथ्र्य युवा शक्तिमा हुनुपर्ने भन्दै आफ्नो क्षेत्रको विकासकालागि सक्दो योगदान दिन समेत युवाहरुलाई आग्रह गरेका थिए ।
सम्मान कार्यक्रम अघि ‘शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवद्र्धन’ भन्ने मुख्य नाराका साथ प्रभातफेरी निकालिएको थियो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा नगरस्तरिय युवा संजाल कोहलपुरको आयोजनामा उक्त प्रभातफेरी तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।