गौरव स्मृति तथा वि योर फाउण्डेशनले गर्‍यो विभिन्न ब्यक्तिलाई सम्मान


गौरव स्मृति तथा वि योर फाउण्डेशनले गर्‍यो विभिन्न ब्यक्तिलाई सम्मान

नेपालगन्ज १ असार : गौरव स्मृति तथा वि योर फाउण्डेशनले सम्मान तथा आजीवन सदस्यहरुलाई सदस्यता प्रमाण–पत्र वितरण गरेका छ । विगत तीन वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्यमा सक्रिय भई आम जनमानसबीच आफ्नो पहिचान स्थापित गर्न सफल गौरव स्मृति एण्ड वि योर फाउण्डेशनले विभिन्न व्यक्तिहरुलाई सम्मान तथा आजीवन सदस्यता प्रमाण–पत्र प्रदान गरेको हो ।

गौरव स्मृति फाउण्डेशनले शुक्रबार साधारण सभा तथा सम्मान कार्यक्रमको आयोजना गरी विविध क्षेत्रमा रहि समाजसेवामा योगदान गरेको भन्दै पाँच जनालाई सम्मान गरेकोछ । सम्मान पाउनेमा नेपालगन्जका समाजसेवी माधवराम बार्मा, साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, तोजेन्द्र विक र औषधी व्यवसायी जीवन शर्मालाई सम्मान गरेको हो ।

यस्तै पत्रकार स्वार्गीय लक्ष्मणराज सापकोटालाई मरोपरान्त सम्मान गर्दै उनकी श्रीमती देवकी सापकोटालाई नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेकोछ ।

लामो समयदेखि पत्रकारितामा सक्रिय लक्ष्मणराज सापकोटाको स्वास्थ्यमा समस्या आएपछि गत वर्ष निधन भएको थियो । उनको श्रीमती देवकी, एक छोरी रेनुका सापकोटा र एक छोरा रियाज सापकोटाको जीवनयापनमा थप सहयोग मिलोस् भनि उक्त रकम सहयोग गरिएको गौरव स्मृति तथा वि योर फाउण्डेशनका संरक्षक प्रदीप साहुले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

स्थापनाकालदेखि फाउण्डेशनको विभिन्न कार्यहरुमा सहभागी भई कार्यक्रमहरुलाई सफल तुल्याउन उल्लेखनीय योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको संरक्षक साहुले बताए ।

यसैगरी फाउण्डेसनले ५ जना सदस्यहरूलाई आजीवन सदस्यता प्रमाण–पत्र प्रदान गरेको छ । नेपालगन्जका निर्मल साह, राजकुमार लोध, रमन ओली, रितेस कुमार शर्मा बढई तथा पवन जयसवाललाई आजिवन सदस्यता प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि प्रशान्त विष्टले स्वर्गीय गौरव साहप्रति श्रद्धाञ्जली प्रकट गर्दै गौरवको भौतिक उपस्थिती नरहेपनि समाजमा उनले गरेको मानवीय सहायताको कामहरुको अमिट छाप अँझैपनि बाँकी रहेको बताए । उनले यसको निरन्तरताका लागि समेत सो संस्थालाई आग्रह गरेका थिए ।

गौरव स्मृति तथा वि योर फाउण्डेशनकी कार्यबहाक अध्यक्ष मधु साहको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्टि अतिथि तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले संस्थाको साधारण सभाको निरन्तरता दिन आग्रह गर्दै गौरवले सुरु गरेको समाज सेवाको यात्रा निरन्तरताका लागि आफ्नो साथ र समर्थन रहने बताए ।

गौरव स्मृति एण्ड वि योर फाउण्डेशनको साधारण सभा तथा सम्मान कार्यक्रम संगसंगै गौरव साहको स्मृति दिवस समेत भएकाले फाउण्डेशनले शुक्रबार विहान बागेश्वरी मन्दिर परिसरका असहायहरुलाई खाना खुवाउनुका साथै सरस्वती माविमा रहेका ३४ जना अटिजम भएका बालबालिकाहरुको विस्तृत स्वास्थ्य सम्बन्धि छलफल समेत गरेको थियो ।

यस्तै शुक्रबार बेलुका गौरवको स्मृति दिवसका अवसरमा विपिचोकमा दीप प्रज्वलन समेत गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ निवासी गौरव साहको २०७८ असार १ गते निधन भएको थियो । उनको निधन अघि उनले आफ्नो पकेट खर्च बचाएर सामाजिक कार्य गर्दै आएका थिए । मानवीय कार्यमा अग्रसर गौरव युवा अवस्थामै मृत्युवरण भएपछि उनका बुवा एबम फाउण्डेसनका संरक्षक प्रदीप साहुले गौरवको नाममा ८ लाख रुपैयाँको अक्षय कोष खडा गरि सामाजिक कार्यलाई निरन्तरता दिदैँ आएकाछन् ।