नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ 

काठमाडौं। एकजना भारतीय नागरिकसहित ३ जना स्पा सञ्चालकहरुलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगन्ज उपमहानगरपालिका–२ का रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्।

बालिकाहरूलाई स्पामा जागिर दिएर अनधिकृत काममा लगाएको भन्दै ती सञ्चालकहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ परेका तीनै जनालाई सोमबार जिल्ला अदालत बाँकेबाट म्याद थप गरिसकिएको छ। 

ती स्पामा काममा लगाइएका सात बालिकाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ। बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा स्पामा जाँच गर्दा बालिका फेला परेका थिए। प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको थियो। भारतीय सिमा नाकासँग जोडिएको नेपालगन्ज र त्यस आसपासमा अहिले स्पा तथा क्यासिनोहरू धामाधम खुलिरहेका छन्। 


बाँके । प्रहरीले नेपालगन्जमा सञ्चालित दुई स्पाका तीन सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित तीन नेपाली छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगन्ज उपमहानगरपालिका–२ का रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ परेका तीनै जनालाई सोमबार जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार ती स्पामा काममा लगाइएका सात बालिकाको उद्धार गरिएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा स्पामा जाँच गर्दा बालिका फेला परेका थिए । प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको थियो । पछिल्लो समय नेपालगन्जका विभिन्न स्थानमा स्पा सेन्टर खुल्ने क्रम बढेको छ ।