नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?

बाँके। नेपालगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व निर्वाचित भएको छ। सोमबार सार्वजनिक भएको मतपरिणामअनुसार संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित भएका छन्। ओलीले १ हजार ३८६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी  ध्रुवप्रसाद दाहालले ३७४ मात्रै मत पाए। 

संघमा ओली यसअघि वरिष्ठ उपाध्यक्ष थिए। 

मत परिणामअनुसार महिला उपाध्यक्षमा रूपा ओझा १ हजार १६६ मतसहित विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी उमा टण्डनले ५०३ मत प्राप्त गरिन्।  त्यस्तै महासचिव पदमा विष्णु श्रेष्ठ बिजयी भएका छन्। उनले १ हजार २८७ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गरे। 

त्यसैगरी ८६४ मतसहित उपमहासचिव पदमा प्रदीप आचार्य विजयी भएका छन्।  यो पदका प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८४२ मत प्राप्त गरेका छन्। संघको कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१७ मतसहित बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी सूर्य श्रेष्ठले ५९८ र अर्का उम्मेदवार नारायण प्रसाईँले १८३ मत प्राप्त गरेका गरे।

त्यस्तै संघको सदस्यमा सन्तोषकुमार पौडेल, तोपबहादुर थापा नन्दराम जैसी शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जाहाँगिर मुसलमान, शरदप्रसाद रिजाल, सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता विजयी भएका छन्। यसअघि नै उद्योग उपाध्यक्ष कमलकुमार कार्की र वाणिज्य उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका थिए।