चिकित्सकको ‘अब्जर्भेसन’मा २४ घण्टा राखिने
File Photo
नेपालगन्ज २ असार : मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा पु¥याइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको छ ।
पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पु¥याइएको थियो । टिचिङबाट आज(शनिबार) बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ । अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको छ ।
यतिबेला मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (महाराजगन्ज) मा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई ‘अब्जर्भेसन’मा राखिएको छ । यसको अवधि कम्तीमा २४ घण्टा हुन्छ । राष्ट्रपति पौडेलको मुटुको चालमा कमी आएपछि उनलाई अब्जर्भेसन’मा राखिएको हो । साथै उनलाई कमजोरी महसुस पनि भएको छ ।
राष्ट्रपति पौडेललाई अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणी गजुरेल र वरिष्ठ मुटुरोग विशेषेज्ञ डाक्टर भगवान् कोइरालाले हेरिरहेका छन् ।
हृदयाघातको उपचार गराएर गत बुधबार मात्र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) बाट डिस्चार्ज भएका पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई आज बिहान ३ बजे मनमोहनमा भर्ना गरिएको हो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो । त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।
केही दिनअघि पनि मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।
यसैबीच, मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।
सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणी गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकोले आज बिहान अस्पताल भर्ना गरिएको हो ।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य