राष्ट्रपतिको मुटुमा पुनः समस्या, स्वास्थ्य अवस्था स्थिर

चिकित्सकको ‘अब्जर्भेसन’मा २४ घण्टा राखिने


राष्ट्रपतिको मुटुमा पुनः समस्या, स्वास्थ्य अवस्था स्थिर

File Photo

नेपालगन्ज २ असार : मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा पु¥याइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको छ ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पु¥याइएको थियो । टिचिङबाट आज(शनिबार) बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ । अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको छ ।

यतिबेला मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (महाराजगन्ज) मा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई ‘अब्जर्भेसन’मा राखिएको छ । यसको अवधि कम्तीमा २४ घण्टा हुन्छ । राष्ट्रपति पौडेलको मुटुको चालमा कमी आएपछि उनलाई अब्जर्भेसन’मा राखिएको हो । साथै उनलाई कमजोरी महसुस पनि भएको छ ।

राष्ट्रपति पौडेललाई अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणी गजुरेल र वरिष्ठ मुटुरोग विशेषेज्ञ डाक्टर भगवान् कोइरालाले हेरिरहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

हृदयाघातको उपचार गराएर गत बुधबार मात्र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) बाट डिस्चार्ज भएका पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई आज बिहान ३ बजे मनमोहनमा भर्ना गरिएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो । त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।

केही दिनअघि पनि मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।

यसैबीच, मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणी गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकोले आज बिहान अस्पताल भर्ना गरिएको हो ।