बैंककमा के गर्दै्छिन् पूर्वयुवराज्ञी हिमानी ?


बैंककमा के गर्दै्छिन् पूर्वयुवराज्ञी हिमानी ?

नेपालगन्ज: पूर्वयुवराज्ञी हिमानी शाह यतिबेला बैंककमा छिन् । यस वर्षदेखि उनको थाइल्याण्डको बैंकक बसाई तारान्तार भइरहेको छ । कारण हो– अभिभावकत्व ।
हालै मात्र उच्च अध्ययनका लागि छोरीहरू पूर्णिका र कृतिका थाइल्याण्डमा रहेका कारण हिमानीलगायत राजपरिवारका सदस्यको त्यहाँको बसाई र भ्रमण बाक्लो हुने गरेको बताइएको छ ।

स्रोतका अनुसार एउटा अपार्टमेन्ट नै भाडामा लिएर छोरीहरूको अभिभावकत्व गरी हिमानी बसेकी हुन् । कतिपयले राजनीतिक र कुटनीतिक भेटमा तिव्रता दिइएको अपुष्ट जानकारी दिए पनि त्यसमा कुनै सत्यता नरहेको निर्मलनिवास स्रोतले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र पनि केही दिन अघि थाइल्याण्ड पुगेको बताइएको छ । यसबारेमा निर्मलनिवासले पुष्टिचाहिँ गरेको छैन । स्रोतले भन्यो,‘छोरीहरूको रेखदेख र अभिभावकत्व गर्ने मान्छे नभएका कारण पुर्वयुवराज्ञी त्यहाँ जानु भएको हो, अध्ययन सकिएपछि थाइल्यान्डमा बस्ने कुरा छैन ।’

‘बैंकक’ सौखिनहरूको घुम्न जाने सहरका रूपमा परिचित छ । हिमानीलगायत राजपरिवारका कतिपय सदस्य यसअघि पनि निरन्तर थाइल्यान्ड पुग्ने गरेका थिए ।
पूर्वयुवराज पारस शाह त लामो समय थाइल्यान्डमा प्रेमिकासँग बसेका थिए । हाल भने उनी नेपालमा नै व्यस्त रहेका छन् । -दैनिक नेपालबाट