नेपालगन्ज : सभ्य समाज नेपाल बाँकेले गरिव तथा बिपन्न परिवारका पाँच जना बिद्यार्थीलाई छात्रबृति प्रदान गरेको छ । संस्थाले आफ्नो दोस्रो साधारणसभाको अवसरमा गरिब, अशहाय, बिपन्न परिवारका पाँच जना बिद्यार्थीहरुलाई अध्ययन लागि शैक्षिक सामाग्री प्रदान गरेको हो ।
बाँके जिल्लाका बिभिन्न बिद्यालयमा अध्ययनरत, अभिभावक गुमाएका, आर्थिक अवस्थाले कम्जोर र जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
झोला, कापि, कलम लगायत शैक्षिक सामाग्री प्रदान गरिएको संस्थाका महासचिव भिष्म लोधले जानकारी दिए ।
बाँके नरैनापुर गाउँपालिकाको महेन्द्र माध्यमिक बिद्यालय मटेहिया कक्षा ९ मा अध्ययनरत रोशनी बानो दर्जी, नरैनापुर वडा नम्बर ६ स्थित जय किसान माध्यमिक बिद्यालय ९ कक्षाका बर्मा गोडिया, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रा माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत मुनीरअलि वागवान, जानकी गाउँपालिका वडा नम्बर ३ स्थित आधारभूत बिद्यालय बन्जारेगाउँ कक्षा ८ मा अध्ययनरत आशा कहार र डुडुवा गाउँपालिकास्थित शहिद माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत स्मृति पुनमगरलाई छात्रबृति प्रदान गरिएको सस्थाका अध्यक्ष सूर्यलाल यादवले बताए ।
सोही अवसरमा संस्थाका कार्यक्रम संयोजक राजु यादवलाई उत्कृष्ट कर्मचारीका रुपमा प्रमात्र पत्र तथा दोसल्लाले सम्मान गरिएको छ ।