सडकमा ज्यानमारा खाल्डो दोषी को ?


सडकमा ज्यानमारा खाल्डो दोषी को ?

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका सुर्खेतरोड कर्णाली विकास बैंक अगाडी सडककै बीचभागमा परेको खाल्डो । खाल्डोका कारण सर्वसाधरणलाई सास्ती भोग्नु परेकोछ ।

मुख्य सडककै दुवैभागमा परेको ठूला खाल्डोका कारण सवारी साधन आवागमन समस्या परेकोछ । नजिकै जय बागेश्वरी उच्च माध्यमिक विद्यालय हुनुले पनि विद्यार्थी, पैदलयात्रु लगायतलाई सडक आवागमनमा अप्ठेरो परेकोछ ।

सडककै बीचभागमा दुईदिनदेखि खाल्डो हुदाँ सम्म सम्बन्धित निकायले खाल्डो पूर्नतर्फ ध्यायन दिनएको छैन । बरु दुवैतिर सडकमा रुखका हाँगा र डोरी राखेर जिम्मेवारीबाट पन्छिरहेकोछ ।

कमसल निर्माणका कारण चारलेन सडकको गुणस्तर दिनहुँजसो खस्किरहेका बेला सडकमा देखा परेका यस्ता खाल्डाका कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेका छन् । नेपालगन्जको राँझादेखी जमुनाहासम्म सडकमा खाल्डै खाल्डा छन् ।

याद रहोस् यही ठाँउमा परेको खाल्डोलाई केही महिना अघि नेपालगन्ज उपमहानगरपालिकाले मर्मत गरेको थियो । मर्मत गरेको स्थानको खाल्डो एक वर्ष नपुग्दै पुनः खाल्डो पर्दा गुणस्तरता भन्दा पनि जनताको आँखा छल्ने काम सम्बन्धित निकायले गरिरहेकोछ ।