चितवनः जिल्ला अदालत चितवनले मंगलबार रवि लामिछाने सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएकोछ । जिल्ला अदालत चितवनले प्रहरीलाई अनुसन्धान अघि बढाउन म्याद थपेर अनुमति दिएको हो ।
जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल ईजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अदालतले रविसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै म्याद थप गरेको हो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।