नेपालगन्ज : सूचना प्रविधिको विकास क्रमसंगै आएको अनलाईन भुक्तानी बिभिन्न बिद्यालयमा संचालन गरिएको छ । अभिभावकले आफ्ना बालबालिकाको शैक्षिक शुल्क ई –सेवा मार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।
विद्यालयमा अध्ययनरत शिशु कक्षा देखि विए तह सम्मका छात्रछात्राको शूल्क अभिभावकले अनलाईन मार्फत भुक्तानी गर्न सकिने ई सेवा सेन्टर बाँकेका प्रमुख महेन्द्र राना बताउँछन् ।
अहिले सम्म बाँकेमा अनलाईन भुक्तानी गर्नेमा कोहलपुर मोडेल कलेज, बागेश्वरी एकेडेमी, सिटी कलेज अफ म्यानेजमेन्ट,भृकुटी माध्यामिक बिद्यालय, ब्राइटलाइट कलेजमा संचालन गरिएको अन्य बिद्यालय तथा कलेजमा पनि छिट्टै संचालनमा आउने रानाले बताए ।
इसेवाबाट मोबाईल, टेलिफोन, ईन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू २० लाख भन्दा बढि पुगेका छन् ।