नेपालगन्ज १८ असार : चलचित्र विकास बोर्डको स्थापना भएको २३ वर्षपछि लोगो निर्माण भएको छ । आईतबार बोर्डको २४औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन् ।
लोगो, नारा र धुन छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्रोफेसर एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका हुन् । लोगोमा नेपाली चलचित्रको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिअलिदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई अभिव्यक्त गरिएको छ ।
लोगोसँगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको सान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ ।
चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो । यसअघिसम्म बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्दै आएको थियो । अब बोर्डले आफ्नो लोगो प्रयोग गर्नेछ ।
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै