सांकेतिक तस्विर
नेपालगन्ज २६ असार: बाँकेको कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनाबाट घाइते भएका बल बहादुर ओलीको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर–३ मदनचोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक ओली आज(बुधबार) बिहान गम्भीर घाइते भएका थिए ।
सुर्खेत गुर्बाकोट नगरपालिका–९ घर भई बाँके नेपालगन्ज उपमहानगरपालिका—१५ जमुनिया डेरा गरी बस्दै आएका ओलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भे ९ प २३३३ नम्बरको मोटरसाइकल हिजो (मंगलबार) बिहान भे १ त ३६९३ नम्बरको ट्रयाक्टरमा ठक्कर खाँदा ओली गम्भीर घाइते भएको बाँके प्रहरीले बताएकोछ ।
प्रहरीका अनुसार उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र