कोहलपुर मोटरसाइकल दुर्घटनाः घाइते ओलीको मृत्यु


सेतोखरी सेतोखरी   बुधबार, असार २६, २०८१
कोहलपुर मोटरसाइकल दुर्घटनाः घाइते ओलीको मृत्यु

सांकेतिक तस्विर

नेपालगन्ज २६ असार: बाँकेको कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनाबाट घाइते भएका बल बहादुर ओलीको मृत्यु भएको छ । 

कोहलपुर नगरपालिका वडा नम्बर–३ मदनचोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक ओली आज(बुधबार) बिहान गम्भीर घाइते भएका थिए ।

सुर्खेत गुर्बाकोट नगरपालिका–९ घर भई बाँके नेपालगन्ज उपमहानगरपालिका—१५ जमुनिया डेरा गरी बस्दै आएका ओलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भे ९ प २३३३ नम्बरको मोटरसाइकल हिजो (मंगलबार) बिहान भे १ त ३६९३ नम्बरको ट्रयाक्टरमा ठक्कर खाँदा ओली गम्भीर घाइते भएको बाँके प्रहरीले बताएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीका अनुसार उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।