नेपालगन्ज। बाँकेको एउटा गाउँमा आगलागी हुँदा सातवटा घरहरू जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जानकी गाउँपालिका-६ कपासीस्थित एउटा घरमा विद्युत सर्ट भइ आगो सल्किएको थियो।
स्थानीय इद्दु खानको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा सातवटा घर तथा केही गोठहरू पनि जलेका छन्। बुधबार दिउँसो त्यहाँ आगलागी भएको थियो।
आगो लागेको खबरसँगै कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाको दमकल त्यहाँ पुगेर आगो नियन्त्रणमा लिएको थियो। त्यसका लागि प्रहरीहरू पनि खटिएका थिए।
आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट जानकी गाउँपालिका–६ कपासी बस्ने साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एक–एक तले कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एक–एक तले कच्ची घर पनि पूर्णरूपमा जलेर क्षति भएका छन् भने महेश खानको पक्की घरको एउटा झ्यालमा आगलागीबाट क्षति पुगेको छ। बाँकी क्षति विवरण संकलन भइरहेको र आगलागीका कारणबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
बाँकेमा आगलागी, सात घर जलेर खरानी
क्यासिनोबाट पाँचजना नेपाली पक्राउ
सरकार नागरिकको साथ छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुनुपर्नेछ
आज दसैंको टीका लगाउने दिन, साइत कुर्नु पर्छ कि पर्दैन?
दसैंका बेला पनि ठेकेदारले पैसा नदिएपछि बाँके, सल्यान र सुर्खेतका १२ मजदूर धादिङमा अलपत्र
हिन्दुत्वको नाममा एउटा युवाले जेल भित्रैबाट खडा गरेको अपराधको साम्रज्य