काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना सन्देश दिएका छन्।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिने उल्लेख गरेका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने उनले बताएका छन्।
प्रधानमन्त्री शाहले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्न प्रेरणा दिने बताएका छन्। टाढा रहेका मान्यजनलाई समेत भेटेर आशीर्वाद लिने यस परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप सुदृढ बनाउने उनको भनाइ छ।
उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्ने उल्लेख गरेका छन्। साथै, भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गरी प्रत्येक नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।
‘विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ। आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ’ उनले भनेका छन् ‘इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।’
यस्ता विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि परिवर्तन गर्नुपर्ने बताएका छन्।
विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका साथीभाइ र आफन्तसँग आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने उनले बताएका छन्। प्रधानमन्त्री शाहले सबैलाई आ–आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गरेका छन्।
सरकार नागरिकको साथ छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुनुपर्नेछ
आज दसैंको टीका लगाउने दिन, साइत कुर्नु पर्छ कि पर्दैन?
दसैंका बेला पनि ठेकेदारले पैसा नदिएपछि बाँके, सल्यान र सुर्खेतका १२ मजदूर धादिङमा अलपत्र
हिन्दुत्वको नाममा एउटा युवाले जेल भित्रैबाट खडा गरेको अपराधको साम्रज्य
नेपाली क्रिकेटमा ‘डिआरएस’: एनपिएलबाट सुरु हुने
लुम्बिनीमा किन भइरहेछ आनीको विरोध?