असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई 

नेपालगन्ज। लुम्बिनी प्रदेश प्रहरीले दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठलाई ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। 

असोज महिनाका लागि लुम्बिनी प्रदेशभरिबाट कार्यसम्पादन मूल्याङ्कनका आधारमा श्रेष्ठलाई ‘वेष्ट पुलिस अफ द मन्थ’बाट पुरस्कृत गरिएको प्रदेश प्रहरीले जनाएको छ। 

‘साङ्गठनिक नीति निर्देशन बमोजिम व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी र पदीय दायित्व पुरा गर्नुभएको छ। मातहतका प्रहरी कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि गर्नुका साथै अपराध अनुसन्धान, नियन्त्रण एवं नवप्रवर्तनात्मक कार्यक्रमहरू मार्फत आम जनसमुदायमा प्रहरी सङ्गठनको छवि उच्च बनाउन पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरिएको छ’ लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र बहादुर खत्रीले उनलाई पुरस्कृत प्रमाणपत्र दिँदै भनेका छन्। 

प्रहरीको मनोबल बढाउन तथा कार्यक्षमताको मूल्याङ्कनलाई प्राथमिकता दिनका लागि प्रदेश प्रहरीले प्रदेशका जिल्लाभरि कार्यरत प्रहरीहरूबाट छानोट गरी हरेक महिना एकजनालाई यस्तो ‘अवार्ड’ दिँदै आएको छ।