बाँके च्याप्टरको अध्यक्षमा सिग्देल


बाँके च्याप्टरको अध्यक्षमा सिग्देल

नेपालगन्ज: नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट बाँके र बर्दिया जिल्ला कार्यक्षेत्र हुने गरी बाँके च्याप्टर तदर्थ समिति गठन गरिएको छ ।

शनिबार बाँकेको नेपालगन्जमा नाटा प्रदेश नम्बर ५ का अध्यक्ष श्रीकृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको बैठकले बाँके च्याप्टर तदर्थ समिति गठन गरेको हो ।

नाटा बाँके च्याप्टरको अध्यक्षमा सन्देश टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक श्रीराम सिग्देल, उपाध्यक्षमा डोल्पो सागर टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक डिल्लीराज रेग्मी, महासचिवमा मोनाईशा टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक झविलाल शर्मा, सचिवमा दिपशन टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक भागीराम ओली, कोषाध्यक्षमा अलाईन टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक राम बहादुर श्रेष्ठ, सह–कोषाध्यक्षमा केवल टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक पारस शाह रहेका छन् ।

यस्तै सदस्यहरुमा विन्जु वस्नेत, कृष्णकुमार श्रेष्ठ, कुमार चाल्स श्रेष्ठ,अजमल सिद्धिकी(कासिम), तिलक सिंहाली, निर्मल सिंह र शम्भु बुढाथोकी चयन भएकाछन् ।