औतार देईको ९ औ स्मृती दिवस
नेपालगन्ज : दानवीर स्वर्गीय औतार देई कशौधन(चौधराइन)को ९ औ स्मृती दिवसमा विविध कार्यक्रम गरिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा आप्mनो जग्गा लगायत करोडौंको सम्पति दान गरेर उदाहरणीय बनेकी स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृती दिवस भएपनि प्राविधिक कारणवश आईतबार औपचारिक कार्यक्रम गरेर उनको सम्झना गरिएको हो ।
विस १९५४ मा जन्मीनु भएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो । भेरी अस्पताल परिसरमा अवस्थित चौधराईनको प्रतिमामा माल्याअर्पण, प्रवचन र सम्मान गरेर दिवस मनाइएको हो ।
स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अस्पताल, नारायण उच्च मावि, जिल्ला जनस्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानले स्मृति दिवसको आयोजन गरेको हो ।
स्मृती दिवसमा औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानको संस्थागत विकासमा योगदान पु¥याएको भन्दै रेडियो बागेश्वरी एफएमका स्टेशन प्रमुख शुक्रऋषि चौलागाई, निष्पक्ष ध्वनी दैनिकका सम्पादक उदयसिंह श्रेष्ठ र कक्षा १२ मा जिल्ला सर्वोत्कृष्ट अंक ल्याउने छात्रा साकरा पाण्डेलाई सम्मान पत्रले सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति बाँकेका सभापति अजय कुमार श्रीवास्तवले दानवीर स्वर्गीय औतार देइको दानको अभिलेखीकरण हुनुपर्ने आवश्यक्ता औल्याउँदै स्थायीत्व र स्मरणीय खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णनाथ उपाध्यायले चौधराइनले दिएको दान जग्गा लगायत सम्पतीको समुचित सदुपयोग हुनु पर्नेमा जोड दिदै उनले देखाएको सत्मार्गमा लाग्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष एवं प्रतिष्ठानका सल्लाहकार अजीत कुमार शर्माले चौधराइनको योगदानले स्थापीत नारायण मावि सञ्चालनले शिक्षा क्षेत्रमा ठूलो क्रान्ति ल्याएको दावी गरे ।
प्रतिष्ठान अध्यक्ष नन्दलाल वैश्यको सभापतित्वमा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारी, पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाई, समाजवादी पार्टी नेपाल बाँके अध्यक्ष कमरुद्धिन राई, नेकपाका प्रतिनधी पदम धिताल, नेपाली काँगे्रस बाँकेका प्रतिनीधी सुधांश कोइराला, नेपाल उद्योग वाणीज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य रोशन श्रेष्ठ, कसौधन महिला मञ्च अध्यक्ष संगीता वैश्य लगायतका व्यक्तिले चौधराईनको योगदानको प्रशंसा गरेका थिए ।
सभामा चौधराईनका भतिजा एवं प्रष्ठिानका कोषाध्यक्ष राधेश्याम वैश्यले औतारदेई (ठुलीआमा)को जीवनी एवं शिक्षा, स्वास्थ्य र समाज सेवामा पु¥याएको योगदान चर्चा गरे ।
यस्तै स्मृति दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट भेरी अस्पतालका विरामीहरुलाई फलफूल पनि वितरण गरिएको छ ।