रवि लामिछाने विदेश जान नपाउने


रवि लामिछाने विदेश जान नपाउने

नेपालगन्ज: न्यूज २४ का टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने आफूखूसी विदेश जान नपाउने भएकाछन् । रविलाई विदेश जानुपर्ने भएमा अदालतको पूर्व अनुमतिबिना जान नपाउने भएका हुन् । मुद्धाको फैसला नहुन्जेलसम्म लामिछाने अदालतको आदेशबिना विदेश जान पाउने छैनन् ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिँदै जिल्ला अदालत चितवनले विदेश यात्रामा भने शर्त राखेको हो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको ईजलासले न्यूज २४ टिभीमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्दै आएका लामिछानेलाई विदेश जानु अघि जिल्ला अदालतको अनुमति लिनु पर्ने आदेश गरेका हुन् ।

मुलुकी संहिता अनुसार फौजदारी मुद्दा लागेको आरोपी व्यक्ति भएको भन्दै अदातलले रविलाई विदेश जानु अघि अनुमति लिनुपर्ने आदेश गरेको हो ।

जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा विदेश आरोपि विदेश जाँदा फरार हुने वा अदालत पुनः उपस्थित हुन नसक्ने सम्भावनालाई हेरेर यस्तो आदेश गरिएको अदालत स्रोतले जनाएको छ ।

लामिछानेले जिल्ला अदालतमा रहेको मुद्दा वारेस मार्फत लड्न पाउने छन् । तर, वैदेशीक यात्राका लागि भने अग्रीम जानकारी गराएर अदालतबाट स्वीकृत भएमा मात्र पाउने छन् । यदि अदालतले अनुमति नदिएमा उनले नेपाल छोड्न पाउने छैनन् ।