विनाशर्त सटर बनाउन व्यवसायीको माग

बागेश्वरी मन्दिर सटर निर्माण विवाद


विनाशर्त सटर बनाउन व्यवसायीको माग

नेपालगन्ज : बागेश्वरी मन्दिर प्राङ्गणमा विनाशर्त सटर निर्माण गरिनुपर्ने माग गरिएकोछ । जीर्ण भवन पुर्ननिर्माण गरिदिने आश्वासनमा भत्काइएको ब्यवसायीक भवनको पुर्ननिमार्णको विकल्प आफूहरुलाई मान्य नरहेको ब्यवसायीहरुले बताएकाछन् ।

व्यवसायीक भवन भत्काइएपछि विस्थापित बनेका पसलेहरुले सटर निर्माण रोक्न केही व्यक्तिहरु लागिपरेको गुनासो गर्दै आफूहरु पीडित बनेको बताएका छन् ।

बागेश्वरी मन्दिर प्राङ्गणमा मङ्गलबार पीडित ब्यवसायीहरुले गरेको पत्रकार सम्मेलनमा बोल्दै ब्यवसायीहरुले सो स्थानमा यथाशिघ्र व्यवसायीक भवन निर्माण गर्न माग गरेकाहुन् ।

बागेश्वरी गुठी ब्यवस्थापन समिति र हामी व्यवसायीविच भएको सहमतिअनुसार अहिले भत्काइएको सटरकोठा पुनःनिर्माण गरि ब्यापार ब्यवसाय गर्ने वातावरण निर्माण गर्न हामी अनुरोध गर्दछौं पीडित ब्यापारी आशिष श्रीवास्तवले ‘जीर्ण भएको सटर पुर्ननिमार्ण गछौं र हामीलाई नै भाडामा दिने शर्तमा गरि प्रति ब्यक्ती २ लाखका दरले अग्रिम रकम समेत बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिले लग्यो तर, भवन निर्माणमा कुनै चासो नदिएकोमा आक्रोस पोखे ।’

‘पाँच महिनादेखि हामीले व्यवसाय गर्न पाएका छैनौ, अग्रिम रकम पनि दिइसकेका छौं, आर्थिक श्रोत भनेको यही पसल थियो त्यो पनि सञ्चालन गर्न पाएकाछैनौ ।’ आफ्नो पीडा सुनाउदै ब्यवसायी कृष्णकुमार वैश्यले भने–उता ऋण लिएको बैंकको ब्याज तिुर्नपर्छ यता मौजुदा सामान विग्रदै गइरहेकोछ ५–६ महिनादेखि पसल खोल्ने आशामा छौं, अझै कुनै सुरसार छैन । हाम्रो क्षतिपूर्ती कसले ब्यवहोर्छ ?’

भत्किएको भवनमा टिभि मर्मतको व्यवसाय गर्दै आएका बैश्यले भने ‘यसरी हामी ब्यवसायीमाथि अन्याय गर्दासम्म पनि सरोकारवालाहरुले चासो नराख्नु ठूलो विडम्बना हो । भत्काइएको स्थानमा सटर बनाईनुपर्छ, गुठीले प्रदान गर्ने विकल्प हामीलाई मान्य छैन ।’

बैश्यले भने –यदि यहाँ भवन बनाइदैन भने हामीले दिएको अग्रिम दुई लाखरुपैयाँ पनि लिदैनौ, हाम्रो सवै नोक्सानी पनि उनीहरुले ब्यहोनुपर्छ, परिवार पनि पाल्नुपर्छ ।’

ब्यूटिपार्लरको ब्यवसाय गर्दै आएकी दुर्गा अधिकारीले भनिन्–‘५ महिना भैसक्यो, भवन निर्माणमा गुठिले हामी व्यवसायीहरुलाई धोका दिइरहेकोछ ।’

आक्रोसित बनेकी अधिकारीले ‘मन्दिर प्राङ्गणमा आफ्नै भवन निर्माण गर्नबाट रोक्ने आखिर को हो, कसले किन रोकिरहेकोछ ? प्रति प्रश्न गर्दै उनले भनिन्–‘भत्किाइएको भवनमा लामो समयदेखि ब्यवसाय गर्दै आएको र त्यही ब्यवसायबाट घरखर्च चलिरहेको अहिले गाह्रो भइरहेकोछ ।
‘चाडबाडको मुखमा भवन निर्माण गर्न छाडेर १७ जना व्यवसायीको रोजिरोटी खोस्ने काम गरिदैछ । त्यो पनि बागेश्वरी मन्दिर प्राङ्गणबाट यी काममा लाग्नेको कहिल्यै राम्रो हुदैन ।’ व्यवसायी अधिकारीले भनिन् । फेसबुके र सस्ता चर्चाका लागि ब्यक्तिपिच्छे गलत प्रचार भइरहेकोले यसप्रति सवै सजग हुन आग्रह गर्छु ।

१७ जना ब्यवसायीहरुले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसगं भएको सहमती अनुसार सटर कोठा निमार्ण गरि संचालन गर्न पाऔं भन्दै बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, गुठी संस्थान, पुरातत्व विभाग, प्रधानमन्त्री कार्यालय, मुख्यमन्त्री कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग तथा विभिन्न राजनितिक दललाई समेत निवेदन पेश गरेकोछ ।

सडक निर्माण र भवन पुर्ननिर्माणका नाममा राजनिति नगर्न समेत ती ब्यवसायीहरुले माग गरेकाछन् । ‘धर्ममा पनि राजनिति गर्ने हो ? विकासका नाममा विनास गर्न पाइदैन । गलत प्रचार गरे भ्रम फैलाउने काम बन्द गरियोस्, गुठिले निर्माण गर्न लागेको भवन विना अबरोध निर्माण गर्ने वातावरणको अपील गर्छौं रेडिमेट कपडाको ब्यवसाय गर्ने आशिष श्रीवास्तवले भने–हाम्रा माग सम्बोधन गरियोस् होइन भने हाम्रो भरपोषण गरियोस् ।’

मन्दिरको दक्षिणमा तर्फ पुर्ननिर्माण गरिन लागिएको ब्यवसायिक भवनको विवाद दिनानुदिन बढिरहेकोछ । पत्रकार सम्मेलनमा बोल्दै व्यवसायीहरुले धार्मिक जस्तो पवित्र आस्थाको धरोहरलाई विवादमा ल्याउनु किमार्थ सही नभएको बताएकाछन् ।

बागेश्वरी मन्दिरको जीर्ण व्यवसायीक भवन भत्काएर नयाँ सटर निर्माण गर्न सुरु भएसँगै विवाद बढेपछि विस्थापित भएका पसल सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले मन्दिरको भवन र पर्खाल भत्किएसँगै सटर निर्माणका क्रममा विवाद बढेपछि मन्दिरमा सुरक्षा चुनौति बढेको चिन्तासमेत व्यक्त गरेका छन् ।