कारागारमा २ सय ८६ लागुऔषधका कैदी


कारागारमा २ सय ८६ लागुऔषधका कैदी

नेपालगन्ज : यहाँस्थित कारागारमा अधिकांश लागूऔषधका कैदीबन्दी छन् । कुल दुई सय ५० क्षमताको कारागारमा दुई सय ८६ जना लागूऔषध ओसार पसार र बेचविखन सम्बन्धि मुद्दामा कैदी थुनुवा छन् ।

कुल सात सय ३९ कैदी थुनुवामध्ये दुई सय ८६ जना लागूऔषध सम्बन्धि मुद्दाका रहेको कारागारका निमित्त प्रमसख दीपेन्द्र पौडेल बताउँछन् ।
उनले लागूऔषधसम्बन्धि एक सय २५ कैदी र एक सय ६१ जना थुनुवा भएको बताए ।

तिमध्ये १८ जना महिला कैदी थुनुवा रहेका छन । हरेक हप्ता एक जना लागूऔषध सम्बन्धि मुद्दाका थुनुवा र कैदी आउने गरेका छन् ।

कारागारमा एक सय ३६ जना कर्तब्य ज्यान र सवारी ज्यान सम्बन्धि मुद्दाका कैदी–थुनुवा रहेको उनी बताउँछन् । यहाँ ९५ जना कैदी र ४१ जना थुनुवा भएको उनले बताए । कारागारमा सजाय भोगिरहेका मध्ये जवरजस्ती करणी सम्बन्धि मुद्दामा सजाय खेपिरहेका कैदी–थुनुवाको संख्या पनि उल्लेख्य छ ।

जवरजस्ती करणीका ६० कैदी र ३९ थुनुवा गरि ९९ जना रहेका छन् । कारागारमा मानव बेचविखन अभियोगमा सजाय भोगिरहेका कैदी र थुनुवाको संख्या पनि धेरै छ । मानव बेचविखनका १२ कैदी र २३ थुनुवाले कारागारमा बसेर सजाय भोगिरहेको निमित्त प्रमुख पौडेलले बताए ।

अपहरण तथा शरिर बन्धकका २३, वन सम्बन्धि २०, डाँका–चोरीका १९, ज्यान मार्ने उद्योगका १९, केहि सार्वजनिक अपराधका १४, हातहतियार तथा खरखजाना सम्बन्धि ६ र गौबधका सात तथा विविधका ६८ जना कैदी–थुनुवा नेपालगन्ज कारागारमा रहेका छन् ।