रवि लामिछाने फेरि संकटमा


रवि लामिछाने फेरि संकटमा

नेपालगन्ज: टिभि कार्यक्रम प्रस्तोता रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता भएको छ ।

न्यूज २४ मा ‘सिधा कुरा जनतासँग कार्यक्रम’ चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका हुन ।

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन ।

पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदैसम्मको कार्बाहीको माग गरेका हुन । स्मरण रहोस सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने ११ दिनको प्रहरी अनुसन्धान पार गर्दै चितवन जिल्ला अदालतको आदेश अनुसार पुडासैनी प्रकरणमा ५ लाख धरौटी रकम बुझाएर छुटेका हुन ।

पुडासैनी प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु पर्ने सर्त सहित उनी हिरासत मुक्त भएसँगै राजनीतिमा आउने संकेत गरेका छन । पत्रकार भण्डारीले मिडिया काउन्सीलमा दर्ता गराएको उजुरी पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटले घेरिएका छन ।