२४ जिल्लाका सिडिओ फेरिए, बाँकेमा कुमार


२४ जिल्लाका सिडिओ फेरिए, बाँकेमा कुमार

नेपालगन्ज: गृह मन्त्रालयले बाँकेसहित २४ जिल्लाका सिडओको सरुवा गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको मोरङ सरुवा भएकोछ भने बाँकेमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का आएका छन् ।

गृह मन्त्रालयले बिहीबार देशका ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापना गरेको हो । मन्त्रालयले बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो ।

यसअघि बाँकेमा रहेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको मोरङ जिल्ला प्रशासनमा सरुवा भएको छ ।

उनको ठाउँमा अध्यागमन कार्यालय काठमाण्डौंका प्रमुख अध्यागमन अधिकृत कुमार बहादुर खड्का आएका छन् ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको पनि सरुवा भएकोछ ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको प्रमुख जिल्ला अधिकारीका रुपमा रुकुम पूर्व सरुवा भएको हो ।

यसैगरि प्रमुख जिल्ला अधिकारी सुर्खेतमा वसन्त अधिकारी आएकाछन् ।

यसअघि गृह मन्त्रालयका सह–सचिव रहेका अधिकारी प्रमुख जिल्ला अधिकारीका रुपमा सुर्खेत सरुवा भएका हुन् । भने सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको जिल्ला प्रशासन कार्यालय बारामा सरुवा भएकोछ ।