नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेजमा कार्यरत डाक्टर तथा गाई बचाऊ अभियानका सदस्य विनोद कर्णले झुटो अभिव्यक्ति दिएका छन् ।
नले सामाजिक सञ्जालको दुरुपयोग गर्दै शुक्रबार विहान आफनो फेसबुक स्टाटसमा नेपालगन्जस्थित काञ्जि हाउसमा रहेका गाई दैलेख पठाएको दाबी गरेका छन् ।
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ‘नेपागन्जको काञ्जि हाउसमा रहेका करिब तीन सय हाराहारीका गाईबाच्छा दैलेख पठाईयो ।’
आफुुलाई गाई–गोरु बचाउको अभियन्ता ठान्ने डा.कर्ण चर्चामा आउन फेसबुकमा त पोष्ट गरे तर, चिप्लीए । तर, केही समयपछिको दोस्रो स्टाटसमा सामाजिक सञ्जाल र पत्रपत्रिका मार्फत आफूले गाई दैलेखतिर लगेको कुरा थाहा पाएको उल्लेख गरेका छन् । क्षणीक चर्चामा आउन स्टाटस पोष्ट गरेका डा. कर्ण आफैले लेखेको कुरा आफैलेनै झुठ सावित गरे ।
उनका यी दुईवटा स्टाटसलाई हेर्दा डा. कर्णले सिधै झुठ बोलेर आफनो गल्ती ढाकछोप गर्न लागेको प्रष्ट देखिएको छ । उनले सेतोखरीसंगको कुराकानीमा पनि पहिला आफूले लेखेको पहिलो स्टाटस ठिक भएको दाबी गरेपनि पछि पत्रपत्रिकाबाट थाहा पाएर लेखेको भन्दै झुट बोलेका छन् ।