घाईते गाई–गोरुको उपचारमा सक्रिय चिकित्सक


घाईते गाई–गोरुको उपचारमा सक्रिय चिकित्सक

नेपालगन्जः नेपालगन्जबाट गएको चिकित्सक सहितको युवाहरुको टोलीले कट्कुवा भिरबाट खसाइएका घाईते गाई–गोरुको उपचार सुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले दैलेखको श्रीस्थान जङ्गलमा छोड्नका लागि पठाएका गाई–गोरु सुर्खेतको कट्कुवा जङ्गलस्थित भिरबाट खसाइएको थियो ।

भिरबाट खसाइएको १ सय ९२ गाई–गोरु मध्ये २२ वटा गाई–गोरुको हत्या गरिएको छ भने अन्य गाई–गोरुहरु घाईते अवस्थामा रहेकाछन् ।

ती यसरी घाईते अवस्थामा छटपटाई रहेका गाई–गोरुको स्वास्थ्य उपचारका लागि भन्दै नेपालगन्जबाट शनिबार विहान एनिमल नेपालको टिम स्वास्थ्यकर्मी सहित कट्कुवामा पुगेको थियो ।

त्यहाँ पुगेका स्वास्थ्यकर्मीले भिरबाट खसाएर घाइते भएका गाई–गोरुको उपचार गरिरहेको उक्त टिमसगैं स्थलगत रिर्पोटिङ्गमा रहेका पत्रकार दामोदर भण्डारीले बताएका छन् ।

कट्कुवा जङ्गलमा शनिबार दिँउसो सम्म पनि दर्जनौ गाई–गोरु अलपत्र र छरपस्ट अवस्थामा रहेको एनिमल नेपालका सुरेन्द्रद्विप कार्की बताउँछन् । उनका अनुसार गाई–गोरुहरुको अवस्था दयनियछ । विरेन्द्रनगर नगरपालिकाको पशु सेवा शाखाका चिकित्सकहरु पनि स्वास्थ्य उपचारमा सक्रिय हुदै आइरहेकाछन् । मरेका गाई–गोरुको पोष्टमार्टम हुदैँछ । घाईतेको उपचार र छरपस्ट अवस्थामा रहेका गाई–गोरुको खोजी जारी छ ।

विरेन्द्रनगरमा शनिबार विहानैदेखि गौहत्यामा संलग्नको तत्काल खोजी गरि कानूनी कारबाही गरिनुपर्ने भन्दै स्थानीयबासीले नारा जुलुस गरेको स्थानीय पत्रकार दिपक शाही बताँउछन् ।

यसैबीच नेपालगन्जमा शनिबार विहान गौहत्याका बारेमा तत्काल अनुसन्धान गरि दोषिमाथि कारबाहीको माग गर्दै जुलुस समेत निकालिएको थियो ।

स्मरण रहोस् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलसम्शेर राणाले उपमहानगरले नै गाई–गोरु दैलेख पठाएको बताइसकेकाछन् । भने गाई बचाउ अभियानका अभियन्त डाक्टर विनोद कर्णले पनि आफूहरुको संलग्नतमा ३ सय गाई–गोरु दैलेखतिर पठाइएको सामाजिक सञ्जाल फेसबुकमार्फत दावि गरेकाछन् ।