नेपालगन्ज ७ असोज : पत्रकार तथा गीतकार विपुल पोखरेलको गीत सार्वजनिक भएको छ । ‘बोल मन खोल’ बोलको गीतमा विपुलको शब्दरचना छ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उनको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिएका छन् । जीवन, जगत र मानवीय दर्शन झल्किने गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।
पोखरेलले यसअघि आधा दर्जन गीत लेखिसकेका छन् । गीतमा भिडियो संयोजन सञ्चारकर्मी सुदन थापाले गरेका छन् ।
‘म व्यावसायिक गीतकार होइन । फुर्सदको समयमा गीत लेख्छु,’ उनी भन्छन्, ‘यो मेरो रहर पनि होला । नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसाबले पनि गीत लेख्दै आएको छु ।’
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?