नेपालगन्ज ७ असोज : पत्रकार तथा गीतकार विपुल पोखरेलको गीत सार्वजनिक भएको छ । ‘बोल मन खोल’ बोलको गीतमा विपुलको शब्दरचना छ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उनको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिएका छन् । जीवन, जगत र मानवीय दर्शन झल्किने गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।
पोखरेलले यसअघि आधा दर्जन गीत लेखिसकेका छन् । गीतमा भिडियो संयोजन सञ्चारकर्मी सुदन थापाले गरेका छन् ।
‘म व्यावसायिक गीतकार होइन । फुर्सदको समयमा गीत लेख्छु,’ उनी भन्छन्, ‘यो मेरो रहर पनि होला । नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसाबले पनि गीत लेख्दै आएको छु ।’
नेपालगन्ज हुँदै चीनको हिल्सासम्म : कर्णाली करिडोर यसरी जोडिनेछ एशियाली राजमार्गमा
हटाउने उपाय खोज्दै प्रधानमन्त्री, हेडक्वार्टरमा आइजिपीको अर्कै रणनीति
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन