नेपालगन्ज : सुर्खेतको कट्कुवामा भएको गाई–गोरु मृत्युको घटनालाई छानविन गर्न गृह मन्त्रालयद्वारा गठित छानविन समिति नेपालगन्ज आएकोछ ।
मन्त्रालयका उपसचिव सागरमणी पाठकको नेतृत्वमा गठित उक्त टोली मङ्गलबार नेपालगन्ज आइपुगेको हो ।
नेपालगन्ज आएको छानविन समितिले मङ्गलबार नै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल सम्शेर राणा, उपमेयर उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल लगायत कर्मचारीसंग घटनाको विषयमा जानकारी समेत लिएकोछ ।
छानविन समितिले घटना अध्ययनका क्रममा सुर्खेत समेत जाने जनाइएकोछ । १५ दिनको समयसीमा पाएको गृह मन्त्रालयद्वारा छानविन समितिले मङ्गलबार दिनभर उपमहानगरपालिकामा छानविन गरेको हो ।
यस्तै नेपालगन्ज उपमहानगपालिकाद्वारा गठित छानविन समिति मङ्गलबार नै सुर्खेत हुदै दैलेखको श्रीस्थानसम्म पुगेकोछ ।
त्यहाँ पुगेर टोलीले घटनाको विस्तृत अध्ययन गरेको छानविन समितिका संयोजक नेपालगन्ज उच्च अदालत बार एशोसियशनका अधयक्ष बिकास आचार्यले जनाए ।
नेपालगन्जबाट गएको टोली हिजो मङ्गलबार नै सुर्खेत फर्किसकेकोले घटनाका बारेमा टोलीले बुधबार सुर्खेतमा अध्ययन गर्ने जनाएकोछ ।