काटिएको सडक बार निर्माण गर्न संघलाई प्रसाशनको निर्देशन


काटिएको सडक बार निर्माण गर्न संघलाई प्रसाशनको निर्देशन

कोहलपुर : जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर सडकमा काटिएका रेलिङ्गलाई पुरानै स्वरुपमा फर्काउन निर्देशन दिएको छ ।

शनिबार जिल्ला प्रशासनमा भएको सर्वपक्षिय छलफलका क्रममा कोहलपुर उद्योग वाणिज्य संघलाई काटिएका रेलिङ्गको संरचना पुरानै अवस्थामा फर्काउन निर्देशन दिईएको स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकले शनिबार जिल्ला प्रहरी कार्यालय बाँके, कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य संघलाई छलफलका लागि बोलाएको थियो।

छलफलमा सम्बन्धि निकायसँग अनुमती नलिएरै कोहलपुर उद्योग वाणिज्य संघले सडक बार (रेलिङ्ग) काटेको निश्कर्ष निकाल्दै काटिएका फलामका रेलिङ्गलाई तत्काल पुरानै स्वरुपमा फर्काउने सहमती भएको हो ।

एसियाली विकास बैंक (एडिवी) ले निर्माण गरेको कोहलपुर–नेपालगन्ज फोर लेन खडकखण्ड अन्तर्गत कोहलपुर बजार क्षेत्रभित्र राखिएका रेलिङ्गहरु कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्वमा रातारात काटिएका थिए ।