आफ्नो संगठनका प्रमुख र मातहतका अधिकारीहरूमाथि अपुष्ट आरोप लगाउने र तथानाम भन्ने सांसदहरूप्रति गृहमन्त्री सुदन गुरुङले असन्तुष्टी जनाएका छन्। केही दिनअघि गृहमन्त्रीकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आइजिपी दानबहादुर कार्कीमाथि गम्भिर आरोप लगाउँदै तथानाम भनेका थिए।
सार्वजनिक छलफलका क्रममा सांसदको त्यो टिप्पणीबारे अहिले ब्यापक आलोचनामात्रै भएको छैन बरु गृहमन्त्री आफैले सांसदहरूको त्यस्तो हर्कतप्रति गम्भिर असन्तुष्टी जनाएका छन्।
घटना के थियो?
बुधबार प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले छलफल आह्वान गरेको थियो। त्यसमा समितिका सदस्य सांसदहरू तथा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की पनि सहभागी थिए। गृहमन्त्रीलाई बोलाइएको त थियो। तर उनि उपस्थित भएनन्।
छलफलकै क्रममा बोल्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरी संगठन र गृहमन्त्रालयका उच्चअधिकारीमाथि गम्भिर आरोप लगाएका थिए। उजुरीका आधारमा भने पनि सांसद सुनारको त्यो आरोप भने पुष्टी भइसकेको छैन। स्वंय आइजिपी आफैले पनि त्यो प्रक्रिया सुरुवातमात्रै भएको भन्दै काम नै नभइ भ्रष्टाचार वा अनियमितताको आरोप नलगाउन भनेका थिए।
लेखा समितिमा बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भनेर परेको उजुरीउपर छलफल भएको थियो।
छलफलमा सांसद सुनारले भनेका थिए ‘प्रहरीको कपडा खरिदमा, जुत्ताहरूको खरिदमा समिति ९छानबिन समिति० बन्नुपर्छ। धामीको मुद्दा धामीले, कामीको मुद्दा कामीले, सार्कीको मुद्दा सार्कीले छानबिन गर्न पाइँदैन। यसबारे विशेष खालको छानबिन समिति बन्नुपर्छ। उनले यो प्रहरी पोशाक खरिद गर्ने जिम्मेवारी पाएको ठेकेदार छनोट प्रक्रियामै प्रश्न पनि उठाए। सुनारले तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका आईजीपी कार्की जिम्मेवार रहेको दाबी गरेका थिए। तर तीमध्ये कार्कीबाहेक अरु कोही पनि अहिले जिम्मेवारीमा छैनन्।
‘नैतिकता छ भने तपाईंहरूले छोड्नुपर्छ। कानुनी राज्य हो भने बर्खास्ती गरिनुपर्छ, आजै, अहिल्यै राइट नाव,’ उनले धम्कीयुक्त भाषामा भनेका थिए, ‘स्पष्ट कुरा छ, तत्कालीन गृहमन्त्री, गृहसचिव र आईजीपीलाई तत्काल सेवाबाट निलम्बन गरेर, जिम्मेवारीबाट बर्खास्त गरेर, बाहिर ल्याएर कठघरामा राखेर यो विषयमाथि छानबिन हुनुपर्छ। ‘अख्तियारमा मुद्दा चलिरहेको छ भनेर अलमल पारेर चोखिएर रिटायर्ड भएर घर जान पाइँदैन। राजु अर्यालजी कहाँ हुनुहुन्छरु यहाँ तत्काल लिएर आउनुपर्यो। ओमप्रकाश अर्यालजी कहाँ हुनुहुन्छरु तत्काल ल्याएर यहाँ कठघरामा उभ्याउनुपर्यो। बर्दी लगाएर छानबिन हुँदैन। बर्दी लगाएर ल छानबिन गर भन्न पाइँदैन। गृहसचिवले त्यो कुर्सीमा बसेर ल छानबिन गर भन्न पाइँदैन।’
आइजिपीको जवाफ?
त्यही छलफलका क्रममा आइजिपी कार्कीले सांसद सुनारलाई मुखभरिको जवाफ दिएका थिए।
हामी कस्ता मानिसबाट शासित भएका छौँरु सेमिङ, ब्लेमिङ, गेमिङ गर्न हामीलाई पनि आउँछ। यो धर्तीमा सबैभन्दा काम नलाग्ने मान्छे हामी नै रहेछौँ कि जस्तो लाग्यो। दूधले नुहाएका मान्छेको छेउमा बसियो कि जस्तो लाग्यो। प्रहरीलाई घिसार्छु भन्ने कुन किसिमको पाषाण युगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता लागिरहेछ। निष्ठापूर्वक काम गरिरहेको मान्छेलाई यहाँ ल्याएर जे मन लाग्यो त्यही भनिएको छ। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि?
हामी पनि प्रहरी मात्रै होइनौँ, देशका नागरिक पनि हौँ। प्रहरीको रूपमा त यो छुच्चो पेसा हो, यसमा सम्मानको अपेक्षा गर्नु नै भुल हुन्छ। जेनजी आन्दोलनका क्रममा ५९३ वटा सवारी साधन जलेको यो मुलुकमा चुनाव हुनु २० दिनअघि दाताले दिएका गाडी पाएर चुनाव गराइएको हो । त्यो छ महिनासम्म प्रहरीले कसरी गस्ती गरेर शान्ति सुरक्षाको प्रत्याभूति दियो भनेर त कसैले सोधेन। अहिले पनि देशका १३ सय प्रहरी चौकीको आफ्नै भवन छैन, सवारी साधन छैन। प्रश्न सोध्ने माननीयज्यूहरूलाई मेरो प्रश्न छ, जग्गा नभएका र गाडी नभएका प्रहरी चौकीलाई ती साधन जुटाउनेबारे एक दिन संसद्मा बहस गरौँ।
आजसम्म निष्ठापूर्ण काम गर्या मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जे मन लाग्यो त्यही भन्या छ। जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला त कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि। एउटा त्यो पनि मैले भन्दै छु। त्यसैले अलिकति हाम्रा पनि निवेदन परेका छन् नि। सबैका पर्या निवेदन यस्तै गरी आउँदा खेरि गारै पर्छ। अब म पनि सोच्दै छु, ल्याऊँ कि क्या हो।’
सामाजिक सञ्जालबाट सांसद सुनारको अर्को प्रतिवाद
उसै पनि सुनार सांसद हुनुभन्दा अघिदेखि नै आफ्नै अभिव्यक्ति र व्यवहारका कारण पटक पटक विवादमा तानिएका व्यक्ति हुन्। जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री हुन ठिक्क भए पनि उनिमाथि विभिन्न आरोप विवादहरू सतहमा आएपछि मन्त्री हुने लिस्टबाट उनको नाम काटिएको थियो।
त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर बाँके क्षेत्र नं ३ बाट चुनाव लडे र जिते। सांसद भइसके पछि पनि उनी आफ्ना हर्कतहरूका कारण पटक पटक विवादमा आइरहेका छन् र आलोचित भइरहेका छन्। बुधबारको अभिव्यक्ति र त्यसपछिका आलोचनाहरूमाथि टिप्पणी गर्दै फेरि उनले सामाजिक सञ्जालमार्फत् त्यही हर्कतको बचाउ गरेका छन्।
उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्,
म राष्ट्रसेवक ( प्रहरी सिपाही र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव छु। तर गरिबका छोराछोरी, म्यादी, सिपाही, हवलदार भएका छन्, उनीहरूका जुत्ता, मोजा, कट्टु, रासन खाएको अरबौँको गम्भीर र ठूलो मुद्दा परेको छ, मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने हैन, जुत्ता लगाउने हो खाने हैन। १ हजार अर्बभन्दा धेरै राज्यमा बेरुजु छ। भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति कति, राज्यको आर्थिक हिसाब(किताबको छलफल गर्ने सार्वजनिक लेखा समितिमा हामी छौँ। हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ, बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ, त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन किन नपरोस्, हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन।
गृहमन्त्रीले के भने?
आफ्ना संगठनका प्रमुखहरूमाथि भइरहेको यो अमर्यादित व्यवहारप्रति संसदको अर्को समितिमा गृहमन्त्री सुदन गुरुङले गम्भिर असन्तुष्टी प्रकट गरे।
शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित भएर सार्वजनिक लेखा समितिको बैठकमा भएको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्।
अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु। जसरी हाम्रो मेरो गैरउपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड।’
कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो जो कसैले नि लगाउन सक्यो। त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन। इट इज नट गुड। अनि हाम्रो गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ यसमा चाहिँ। वि आर नट ह्याप्पी अबाउट इट’। मन्त्रालयका साथीहरू पनि यहीँ भएको हिसाबले चाहिँ मैले कुरा गर्न चाहेँ। हाम्रा कर्मचारीहरूले जसरी काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। जसरी आईजी साबहरू काम गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। उहाँहरू हाम्रो स्पिरिटमा स्पेसल्ली, यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नुभएको छ, यसमा दुई मत छैन। आरोप लगाउन जोसुकैले नि सक्यो, तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई चाहिँ दोषी करार गरेर चाहिँ एउटा समिति मार्फत त्यस्तो गर्नु राम्रो होइन।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?