काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा बाँड्नका लागि पार्टी संयन्त्रमार्फत जम्मा भएको राहत कार्यकर्ताको जिम्मा लगाएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित एक समारोहमा उनले पार्टीका विभिन्न संयन्त्रमार्फत जम्मा भएका राहत सामग्री जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरेलाई राहतका प्याकेट हस्तान्तरण गरे। उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।
राहत हस्तान्तरण गर्दै ओलीले सरकारी संयन्त्र र कोषमार्फत जाँदा पीडितसम्म राहत पुग्न ढिला हुने भन्दै पार्टीले सिधै पीडितसम्म राहत पुर्याउने बाटो रोजेको बताए।
‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौं भनेका होइनौं। तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्याउने कार्यलाई प्राथमिकता दिएका हौं,’ ओलीले भने ‘राहत र उद्धारका प्राथमिक कामहरू सकिएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गरौंला।’
यसअघि नै एमालेले आर्थिक सहयोग पनि संकलन गर्ने घोषणा गरेको छ। उसले १ करोड २० लाख रुपैयाँ संकलन गरेर सिधै पीडितहरूलाई बाँड्ने निर्णय गरिसकेको छ। बाढी प्रभावित क्षेत्रमा एमालेले आफ्ना स्वंयसेवकहरू परिचालन गर्दै आएको छ। दुई दिनअघि अध्यक्ष ओलीसहित एमालेको एउटा समूह नुवाकोटमा पुगेर बाढी प्रभावित क्षेत्र हेरेर फर्किएको थियो।
ओलीले बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा गरिरहेको कामका लागि धन्यवाद दिँदै अन्य प्रदेश सरकार तथा दाताहरूलाई समेत सहयोग जारी राख्न आग्रह गरे।
उनले भने, ‘बागमती सरकारले अहिले तुइन राखिदिने काम गर्दा जनतालाइ सहयोग पुग्छ। कतिपय ठाउँका झोलुङ्गे पुल निर्माण गर्ने, बाटोहरु निर्माण गर्ने कामहरु भइरहेको छ। प्रदेश सरकारलाई धन्यवाद भन्न चाहन्छु र विभिन्न प्रदेश सभाहरुले सहयोग पुर्याइरहेका छन्। अरु विभिन्न दाताहरुबाट पनि सहयोग जुटिरहेको छ। उहाँहरु सहयोगी मनका दाताहरुलाई धन्यवाद भन्न चाहन्छु।
यसैगरी ओलीले विपद्का बेला नेपाली सेना र प्रहरीले उद्धार तथा राहतमा गरिरहेको कामको प्रशंसा गरेका छन्। तर सेनालाई राजनीतिक विवादमा मुछ्ने वा मुछिने अवस्था आउन नहुने उनको भनाइ थियो।नेपाली सेना राजनीतिक विवादबाट पृथक, निर्विवाद र निष्कलङ्क रहनुपर्नेमा जोड दिँदै ओलीले सेनालाई नेपाली जनताको आशा, भरोसा र विश्वासको राष्ट्रिय सुरक्षा संस्थाका रूपमा कायम राख्नुपर्ने बताए।
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ