काठमाडौै। गत वर्ष भदौ २३ मा भएको जेनजी विद्रोहले देशमा एउटा राजनीतिक परिवर्तनमात्रै ल्याएन बरु इतिहासका कैयौ मानक र मान्यताहरूलाई पनि भत्काइदिएको थियो।
मूलतस् त्यो एउटा पुस्ताको विद्रोह थियो। तर त्यसमा घुसेका अनेकन तत्वहरूको विस्तारै खुलासा पनि हुँदैछ। २३ गतेको त्यो विद्रोहलाई दबाउनका लागि जसरी तत्कालीन सरकार नरसंहारमा उत्रियो, अर्को दिन भदौ २४ गते त्यसकै परिणाम देश नराम्रोसँग जल्यो।
विद्रोहको भाव जब आक्रोश बनेर पोखियो अनि दुई शक्तिशाली राजनीतिक दल मिलेर बनाएको सरकार केही घण्टामै ढल्यो। अनि देशको राजनीतिक इतिहास नै उथलपुथल भयो।
आज वर्षदिन पुगेको छ विद्रोहको त्यो ज्वालामुखी फुटेको। र, यो दिनमा सरकारले त्यो आन्दोलनका क्रममा सहीद भएकाहरूको सम्झनामा जेनजी सहीद दिवस घोषणा गरेको छ।
त्यही विद्रोहपछि बनेको ‘नागरिक सरकार’को नेतृत्व गरेकी थिइन् नेपालकै पहिलो प्रधानन्यायाधीश सुशीला कार्कीले।
करिब छ महिना सरकार चलाएर उनकै नेतृत्वमा गत फागुन २१ गते देशमा आम निर्वाचन भयो। अनि त्यही जेनजी आन्दोलनको नेतृत्व गरेका धेरै युवा अनुहारहरू लिएर राष्ट्रिय स्वतन्त्र पार्टी देशको पहिलो पार्टी बन्यो। तत्कालीन काठमाडौं महानगर प्रमुख बालेन शाह प्रधानमन्त्री बने।
योबीचमा मात्रै सरकारहरू फेरिएका छैनन्, बरु राज्यको स्वरुप, परम्परागत राजनीतिका परिभाषा अनि इतिहासका कैयौ मानकहरू पनि फेरिएका छन्।
जेनजी विद्रोहपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्कीले त्यही विद्रोहको जगमा बनेको यो सरकारलाई पनि विद्रोहको भावनालाई अंगीकार गर्न सुझाव दिएकी छिन्।
सामाजिक सञ्जालमा एक सन्देश दिँदै उनले भनेकी छिन् ‘जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ- सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन । राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु।’
त्यस्तै उनले सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन पनि सरकारलाई सचेत बनाएकी छन्।
‘त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । हाम्रा कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे। राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ’ उनले भनेकी छन् ‘अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन । सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ(आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ।’
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद