नेपालगन्ज: खानेपानी, बिजुली र बाटो जस्ता आधारभूत सेवाबाट बञ्चित कोहलपुर वडा नम्बर ११, लोकनगरका स्थानीय डुबानमा परेका छन् ।
मंगलबार राती परेको पानीले लोकनगरका ४० घर डुवान परेका छन् । चार घर पुर्ण रुपमा भत्किएको वडाअध्यक्ष कर्णबहादुर अधिकारीले बताए ।
बुधबार बिहान वडाध्यक्ष थापा र वडा सदस्य छविलाल भट्टराई सहितको टोलीले स्थलगत अनुगमन गर्दा ४० घर डुवानमा र ४ घर पुर्ण रुपमा भत्किएको भेटाएका हुन् ।
वर्षाले पतिराम थारु, सन्तोष थारु र रोजिका फर्निचर रहेको घर पुर्ण रुपमा भत्केको वडा सदस्य भट्टराईले बताए । कोहलपुर नगरपालिका वडा नम्बर ६ को बालविद्याटोलका ४ घर पनि डुवानमा परेका छन् ।
रातीको पानीले डाईनामिक माध्यामिक विद्यालय छेउ र कौशिल्या मेमोरियल अस्पताल पश्चिम वडा नम्बर ६ र वडा नम्बर ११ को सिमामा पर्ने वस्ती पुरै डुवानमा परेको हो ।