ल्याण्डफिल साईटको लागत ३९ करोड


ल्याण्डफिल साईटको लागत ३९ करोड

नेपालगन्ज:बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २३ हिरमिनियामा निर्माण भएको अत्याधुनिक ल्याण्डफिल साईटको औपचारिक रूपमा बिहीबार उद्घाटन गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रमा उत्पादन हुने फोहर व्यवस्थापनका लागि हिरमिनियामा ल्याण्डफिल साइट निर्माण गरिएको हो । एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजना अन्तर्गत ३८ करोड ९३ लाखको लागतमा निर्माण पुरा भएको उक्त अत्याधुनिक ल्यान्डफिल साईडको बिहीबार शहरी विकासमन्त्री मोहमद इस्त्यिाक राईले औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।

नेपालगन्जबाट करिब आठ किलोमिटर दुरीमा पर्ने हिरमिनियामा उपमहा नगरपालिकाकाले साढे १२ बिघा जग्गा खरिद गरेर निर्माण ल्याडफिल साईट निर्माण शुरू गरेको थियो ।

उक्त ल्यान्डफिल साईडको निर्माण चार बर्षमा पुरा गर्ने सहमति भएपनि यसअघि नेपालगन्ज उपमहानगरपालिका निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीको लापरवाही, उदासिनता र ढिलासुस्तीले तोकिएको समयमा काम हुन सकेको थिएन् ।

बातावरण तथा सरसफाई शाखाका अनुसार नेपालगन्जमा दैनिक २५ देखि ३० टन फोहर जम्मा हुने गरेकोछ । ल्याण्डफिल्ड साइटमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिने देखिएको छ ।

उक्त योजना २०७३ भदौं २८, गते २० महिनाभित्र निर्माण पुरा गरिसक्ने भनि सम्झौता भएको थियो । तर, ल्याण्डफिलसाईटको जग्गाभित्रको क्षेत्रमा केही ब्यक्तिको नाममा जग्गा पाइएपछि बिवाद बढ्दै जाँदा विगतमा करिब एकबष जति काम नै रोकिएको थियो । उपमहानगरपालिकाले ल्याण्डफिलसाईटका लागि जग्गा खरिद गर्ने क्रममा कार्यालयकै केही कर्मचारीको मिलेमतोमा बीचको जग्गा ब्यक्तिगत नाममा गरिएको तथ्य फेला परेको थियो ।

काँग्रेस जनप्रतिनिधीद्धारा बहिस्कार
शहरी विकास मन्त्री मोेहमद् ईस्तियाक राईले बिहीबार उद्घाटन गरेको ल्याण्डफिल साइटको कार्यक्रम उपमहनागरपालिकै जनप्रतिनिधीले बहिस्कार गरेका छन् । काँग्रेस आबद्ध जनप्रतिनिधिले उक्त कार्यक्रम बहिस्कार गरेका हुन् ।

हिरमिनियामा बनेको ल्याण्डफिल साइटको उद्घाटन गर्न आयोजित उक्त कार्यक्रम मन्त्रीको एकल निर्णय भएको भन्दै जनप्रतिनिधीले बहिस्कार गरेको उपमहानगरपालिका वडा नम्बर चारका अध्यक्ष सफिक बेहना बताउँछन् ।

यसअघिको उपमहानगरपालिकाको बोर्ड बैठकले प्रधानमन्त्रीलाई बोलाउने र प्रधानमन्त्री आउन नभ्याए नेपालगन्ज निवासी शहरी विकास मन्त्री मोहोम्मद ईस्तियाक राई र नेपालगन्जका मेयर डाक्टर धवलशमशेर राणाले संयुक्त रूपमा उद्घाटन गर्ने निर्णय गरेको थियो । तर, मन्त्री राईले मेयरसँग संयुक्त उद्घाटन गर्न नमानेपछि बिहीबार बसेको उपमहानगरपालिकाको बोर्ड बैठकमा चर्काचर्की भएको खुलेको छ ।

शहरी विकास मन्त्रीले मात्रै उद्घाटन गर्ने भए ‘कार्यक्रम नै बहिष्कार’ गर्नेसम्मको छलफल भएपनि अन्तिममा मेयर राणा लचिलो भएका थिए । मेयर राणाले लज्जित हुँदै उद्घाटन कसले गर्ने भन्ने विषयमा अल्झिन नहुने बताएका थिए ।

तर, काँग्रेस जनप्रतिनिधिले मन्त्रीद्वारा उद्घाटन हुनु हुदैन् भनेर चर्को बिरोध गरेको वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र शाह बताउँछन् । उपमहानगरको कुरामा मन्त्रीले यस्तो निर्णय गर्दा सोझै बहिस्कार गरेको वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले बताउँछन् । अध्यक्ष बेहनाले बोर्ड बैठकमा समेत मन्त्री राईद्वारा एकल उद्घाटन गर्नु हुदैन् भनेर चर्को बिरोध गरेका थिए ।

मन्त्री राईले मेयर राणालाई उद्घाटन गर्नबाट बञ्चित बनाएपछि उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल शिलालेखमा कसको नाम लेख्ने विषयलाई ठूलो कुरा बनाउनु नहुने भन्दै तै चुप मै चुपको स्थितिमा पुगेका थिए ।