नेपालगन्ज। ‘राष्ट्रगुरु’ भनेर चिनिने योगी नरहरिनाथको नाममा ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना हुने भएकोँ छ। नेपाल संस्कृत विश्वविद्यालयका संस्थापकसमेत रहेका योगीको सम्मानमा उक्क केन्द्र स्थापना हुन लागेको शिक्षा तथा खेलकूद मन्त्रालयले जनाएको छ।
हालै सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले यससम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो।
नेपालको मौलिक इतिहास, संस्कृत वाङ्मय र दर्शनको वैज्ञानिक अध्ययन तथा अनुसन्धानलाई समयसापेक्ष र प्रविधिमैत्री बनाएर अघि बढाउन यो केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ।
यसले प्राज्ञिक अन्वेषणलाई तीव्रता दिनुका साथै संस्कृत विश्वविद्यालयलाई अनुसन्धानको विशिष्ट केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास मन्त्रालयले लिएको छ।
नेपाल संस्कृत विश्वविद्यालय दाङको बेलझुन्डीमा रहेको छ। संस्कृत भाषालाई प्रवर्द्धन गर्नका लागि स्थापना गरिएको यो एकमात्रै विश्वविद्यालय हो। योगी नरहरिनाथ यो विश्वविद्यालयका संस्थापक मानिन्छन्।
राष्ट्रगुरू योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते कालिकोट लालुको चाखा भडारीबाडामा भएको थियो। उनका पिताको नाम ललितसिंह थापा र माता गौरा देवी हुन् । योगीको बास्तविक नाम बलबीर सिंह थापा थियो।
योगीलाई ललितसिंह थापाले ८ वर्षको उमेरमा मालिका, कैलाश, खप्तड आदि तीर्थहरू जुहार्न लगेकै कारण कतै दैवी कृपा हुन पुगेको र बालक बलवीरलाई लेखपढ् गराउन भनेर योगीका मूलगुरु महन्त क्षिप्रानाथले १३ वर्षको उमेरमा जुम्ला जिल्लाको सान्नी रास्कोट दराको लालुगाउँबाट खलंगा लिएर गए।
त्यहाँ केही समय उनलाई भैरवनाथको मन्दिरमा पढाउने क्रममा राती टुपी सिलिङको दारमा डोरीमा बाँधेर निन्द्रा भगाउदै पढिरहेको देख्दा यो गोरखनाथ जस्तै सन्त बन्छ भनेर गदगद भएका थिए। क्षिप्रानाथले नै बलवीरलाई कन्फटा जोगी बनाए र बनारस, हरिद्वार, खन्ना हुँदै योगीले मद्रासको संस्कृत विश्वविद्यालयबाट बी.ए. अनर्श गरे।
त्यसपछि तिब्बतदेखि श्रीलंकासम्म र अफगानिस्तानदेखि म्यानमारसम्मका मठमन्दिरहरूमा सत्संग गर्दै इतिहास, भाषा र संस्कृतिको अथाह ज्ञान आर्जन गरे।
त्यसरी नै पञ्चायत कालमा उनले शिक्षा पद्घतीको बिरोध गरेर पूर्वीय सभ्यता,भाषा र संस्कृतिको रक्षाकालागि दाङमा दानबाट बाह्र सय विघा जमीनमा संस्कृत विश्वविद्यालय खडा गर्न सफल भए।
कैयौंचोटी मार्न खोजिए पनि नमरेका र इच्छा मृत्यु भएका योगी महाकवि, ब्रह्मज्ञानी, योगेश्वर, गोरखनाथकै अवतार मानिन्थे । भाषाविद्, संस्कृतिविद मात्र नभएर उनी संस्कृत भाषाका कसैले पढ्न नसक्ने व्याख्या गर्न नसक्ने दुरुह लिपी र लेख्यहरूको पनि सरल व्याख्या गर्न सक्दथे। कसैले नदेखेको यती भेटेर फोटो खिचेर मानव जातिको त्यस पूर्खाको विविध वर्णन गर्न पनि उनी सफल थिए। उनले यस पंतिकारलाई धेरै अमृत तुल्य जडिबुटी प्रयोग गर्न सिकाएका छन् । उपचारको हकमा उनी धन्वन्तरी कै अवतार मानिन्छन्। नेपालमा विदेशी विधर्मीहरूको षड्यन्त्रले उनी थुनिएपछि त्यो कुरा राजमाता श्री ५ रत्नलाई थाहा भएपछि राष्ट्रगुरूलाई थुनेकोमा उहाँबाट विरोध भयो र रिहा भएका थिए।
पछि उनी रिहा भए र तत्काल भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले बोलाएर दाङको बदला बाबागञ्जमा संस्कृत विश्वविद्यालय स्थापना गर्न अनुरोध गरेकी थिइन। योगी नरहरिनाथ जागरुक सन्त मात्र थिएनन् कहिल्यै नझुक्ने र देशकालागि बलिदान हुन सँधैै तत्पर महान सपुत थिए। उनको प्रसंसा जति गर्दा पनि उनको योगदानहरूको तुलना नगन्य हुन्छ। उनी विश्वका २७ भाषा बोल्न सक्थे, जब की राहुल सांकृत्यायनले २१ भाषा बोल्थे भने विनोबा भावेले १७ भाषा बोल्थे। ५७३ पुस्तकका लेखक योगीका हाल ३५९ कृति मात्रै उपलब्ध छन्। उनि मौलिक ज्ञानका अन्वेषक पनि मानिन्छन्।
दाङमा बन्नेछ, योगी नरहरिनाथका नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
लुम्बिनी, कर्णाली र सुदूरसहितका जिल्लामा बन्ने ‘नयाँ सहर’हरू, बजेट अभावमा अलपत्र
कांग्रेस सहमहामन्त्री अजयबाबुलाई साइबर ब्युरोले बोलायो
आइजिपीलाई ‘मोहरा’ बनाउँदै प्रहरी संगठनमा ३० वर्षपछि दोहोरिएको एउटा नियति
मन्त्रीका सल्लाहकार सदस्य सचिव भएपछि लुम्बिनीको अर्को नियुक्ति पनि विवादमा
बझाङमा जीप पल्टियो, दुई जनाको मृत्यु, पाँच गम्भिर घाइते