बझाङमा एउटा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये पाँचजना गम्भिर छन्।
केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जीप फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो।
प्रहरीका अनुसार दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पवित्रा धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको छ। दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री तथा ४२ वर्षीय रामकुमार धामी घाइते भएका छन्।
उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर र एक जनाको मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।
मन्त्रीका सल्लाहकार सदस्य सचिव भएपछि लुम्बिनीको अर्को नियुक्ति पनि विवादमा
बझाङमा जीप पल्टियो, दुई जनाको मृत्यु, पाँच गम्भिर घाइते
राराको जंगलमा हराएका १२ जना पर्यटकलाई सेनाले गर्यो उद्धार
डोल्पा ‘जेल ब्रेक’: भागेका ४ जना कैदी भेटिए, अरु चार जनालाई खाेज्न प्रहरी अझै गाउँगाउँमा
सोलुखुम्बुमा ठोक्किए दुई हेलिकप्टर, एकजना विदेशीको मृत्यु
कात्तिक २२ सम्म जिल्ला अधिवेशन सकेर खुल्लामन्चमा महाधिवेशन उद्घाटन गर्ने देउवा समुहको यस्तो तयारी