रारा ताल घुम्ने क्रममा जंगलमा हराएका १२ जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
रारा तालछेउको चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकहरूलाई नेपाली सेनाको हनुमानध्वज गुल्म सुरक्षित उद्धार गरेको हो।
हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारी बाडाका १२ जना पर्यटकहरू रारा भ्रमणका क्रममा रमाइलो गर्दै अघि बढ्ने क्रममा गन्तव्य विर्सिएर चुच्चेमाराको जङ्गलमा अलपत्र परेका थिए।
जङ्गलमा पर्यटकहरू फसेको र बाटो बिराएको खबर प्राप्त हुनासाथ हनुमानध्वज गुल्मबाट तत्कालै विशेष उद्धार टोली परिचालन गरिएको थियो।
रातको समय र अप्ठ्यारो भूगोलका बाबजुद पनि सुरक्षाकर्मीहरूको तीव्र खोजी तथा उद्धार प्रयासका कारण राति करिब १० बजे सबै पर्यटकलाई सकुशल फेला पारेको उनले जानकारी दिए ।
उद्धारपश्चात् उनीहरूलाई सल्लेरीस्थित होटलमा राखिएको गुल्मपति श्रेष्ठले जानकारी दिए ।
स्थानीय बासिन्दाहरूका अनुसार रारा घुम्न आउने पाहुनाहरूका लागि रारा सेरोफेरोमा तथा जुम्लाका विभिन्न भागबाट रारा पुग्ने पदमार्गहरूमा पर्याप्त मात्रामा लोकेसन साइनबोर्ड (सङ्केत पाटी), सूचना पाटी (इन्फर्मेसन बोर्ड) र तालिमप्राप्त ‘नेचर गाइड’ (प्रकृति पथप्रदर्शक) को व्यवस्थापन नहुँदा यस्ता समस्याहरू बारम्बार दोहोरिने गरेका छन्।
देश विदेशबाट हजारौँ पर्यटकहरू भ्रमणका लागि रारा आउने गर्दछन्। तर, व्यवस्थित पदमार्ग, दिशा सूचक बोर्ड र सूचना केन्द्रहरूको अभावका कारण पहिलो पटक आउने पाहुनाहरू जङ्गलमा अलपत्र पर्ने र जोखिम मोल्न बाध्य हुने गरेका छन्।
सोलुखुम्बुमा ठोक्किए दुई हेलिकप्टर, एकजना विदेशीको मृत्यु
मंगलबार, कात्तिक १७, २०८३
कात्तिक २२ सम्म जिल्ला अधिवेशन सकेर खुल्लामन्चमा महाधिवेशन उद्घाटन गर्ने देउवा समुहको यस्तो तयारी
सोमबार, कात्तिक १६, २०८३
राराको जंगलमा हराएका १२ जना पर्यटकलाई सेनाले गर्यो उद्धार
डोल्पा ‘जेल ब्रेक’: भागेका ४ जना कैदी भेटिए, अरु चार जनालाई खाेज्न प्रहरी अझै गाउँगाउँमा
सोलुखुम्बुमा ठोक्किए दुई हेलिकप्टर, एकजना विदेशीको मृत्यु
कात्तिक २२ सम्म जिल्ला अधिवेशन सकेर खुल्लामन्चमा महाधिवेशन उद्घाटन गर्ने देउवा समुहको यस्तो तयारी
बाँकेमा बलियो बन्दै देउवा पक्ष: वर्तमान र पूर्व सांसदहरू एकै ठाउँमा, गगनतिर आएकाहरू पनि फर्किए
चालकबिनै गुड्ने सिड्नीको मेट्रोमा नेपाली भाषा