नेपालगन्ज। बाँकेको अम्बे स्टील सरिया कम्पनीमा फेरि आगलागी भएको छ। यो आगलागीमा परेर ८ जना कामदार घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहान पौने ६ बजेतिर उद्योगमा आगलागी भएको थियो।
जानकी गाउँपालिका- ५ बकसपुरमा रहेको उद्योगमा यसअघि पनि केमिकल ट्याङ्कीमा आगो लागेको थियो। कम्पनीभित्र रहेका फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ। कम्पनिका अनुसार ती भट्टीहरू २५ टन बराबर क्षमताका छन्। आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्।
प्रहरीका अनुसार जिल्ला बाँके, जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार, सोही ठाउँका २२ वर्षीय रामदिन हरिजन, २४ वर्षका प्रेम धोबी, २९ वर्षका दिलीपकुमार यादव, ३५ वर्षका लक्ष्मीराम यादव, त्यस्तै भारतको बहराइच जिल्लाका राजकुमार निषाद, नशिव कुमार निषाद र विनोद कुमार निषाद घाइते भएका छन्।
यीमध्ये गम्भिर घाइते भएका शिवप्रसाद चमार र रामदिन हरिजनलाई उपचारका लागि लखनउ लगिएको छ भने अरुको नेपालगन्जस्थित भेरी अस्पताल उपचार भइरहेको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर के.सी.को कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ८ बजेमात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी बाँकेका अनुसार आगालागीको घटनाबारे थप अनुसन्धान भइरहेको छ भने अन्य क्षतिको विवरण पनि आउन बाँकी छ।
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, ८ जना जलेर घाइते, दुईजना गम्भिर
डाेल्पामा बाक्लाे हिमपात : हिउँमा हराए ६ जना भारतीय
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप :२४ स्वर्णसहित सगरमाथा क्लब शीर्षस्थानमा
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन
पत्रकारमाथि धरपकड: सरकारलाई छानबिन गर्न रास्वपाको निर्देशन, अरु के के निर्णय भयो?
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श