नेपालगन्ज। दाङमा एउटा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा घोराही उपमहानगरपालिका–१२ का ४० वर्षीय शेरमान घर्तीको मृत्यु भएको हो। उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
घाइते भएका घोराही–१२ का १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर उपमहानगरपालिका–१३ का ९ वर्षीय अनमोल पुनको प्रतिष्ठानमै उपचार भइरहेको छ।
गाडीधनी तथा चालक घोराही–१२ कै धमन घर्ती मगरलाई प्रहरीले नियन्त्रणमा राखेको छ। शुक्रबार राति घोराहीको साझखर्कबाट पश्चिमतिर जाँदै गरेको भे १ ज ६०४ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दाङमा जीप दुर्घटना एकजनाको मृत्यु, ६ जना घाइते
सल्यान : नालामा खेलिरहेका दुई बालकको डुबेर मृत्यु
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर