सल्यान : नालामा खेलिरहेका दुई बालकको डुबेर मृत्यु


सेतोखरी सेतोखरी   १६ मिनेट अगाडि
सल्यान : नालामा खेलिरहेका दुई बालकको डुबेर मृत्यु

नेपालगन्ज। नालामा जमेको पानीमा डुबेर सल्यानमा दुई बालकको मृत्यु भएको छ। सल्यानको कालीमाटी गाउँपालिका–७ मा स्थानीय कुलोमा जमेको पानीमा खेलिरहेका आठ वर्षीय योगेश बुढा र वर्षकै अंकित बुढाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय सल्यानले जनाएको छ। 

बबई नदीको छेउमा रहेको उक्त नाला नजिकै खेलिरहेका उनिहरू पानीमा पसेर डुबेको हुनसक्ने प्रहरीले जनाएको छ। 

दिउँसो खेल्न गएका उनिहरू राति अबेरसम्म पनि नफर्किएपछि आफन्तहरूले पानीमा डुबेको फेला पारेका थिए। त्यो बेला उनिहरू बेहोस अवस्थामा थिए। दुबै बालकलाई स्थानीय मेडिकलमा पुर्‍याइएको थियो। त्यहिँ स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका हुन्। 

प्रहरीले उनिहरूको मुचुल्का तयार गरेर शव आफन्तलाई जिम्मा लगाउनेगरी छलफल भइरहेको जनाएको छ।