पुरैनीका राकेश र छविलाल ब्राउनसुगर सहित पक्राउ


पुरैनीका राकेश र छविलाल ब्राउनसुगर सहित पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगन्जका राकेशकुमार लोनिया र छविलाल लोनियालाई ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीको शान्ति चोक नजिक लागुऔषध कारोबार भइरहेको खबर पाएपछि ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार पक्राउ पर्ने ३२ वर्षिय राकेश र २८ वर्षिय छविलाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का हुन् । उनीहरुबाट प्लाष्टिकको २ र कागजको १ वटा पुडियामा बनाइराखेको २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएकोछ ।

पक्राउ पर्ने राकेश र छविलाललाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएकोछ ।