नेपालगन्ज : बाँके प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगन्जका राकेशकुमार लोनिया र छविलाल लोनियालाई ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीको शान्ति चोक नजिक लागुऔषध कारोबार भइरहेको खबर पाएपछि ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्ने ३२ वर्षिय राकेश र २८ वर्षिय छविलाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का हुन् । उनीहरुबाट प्लाष्टिकको २ र कागजको १ वटा पुडियामा बनाइराखेको २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएकोछ ।
पक्राउ पर्ने राकेश र छविलाललाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएकोछ ।
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?