काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २४ लाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा कालो दिनकारुपमा स्थापित गरेको भन्दै जेन(जीले खोजेको परिवर्तन कहाँ पुग्योरु भनेर प्रश्न सोधेका छन्।
२०८२ सालमा भदौ २३ गते भएको जेन-जी विद्रोह अनि नरसंहार र २४ गतेको विध्वंशको बर्षदिन पूरा गरेको दिन एक प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्। उनले भिडिओ सन्देश पनि जारी गरेका छन्।
‘जेन–जीको आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरूद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न तथा सामाजिक संजाल उत्प्रेरित आन्दोलन थियो । युवाहरुको आवाजलाई संवेदनशीलरुपमा लिएर सम्बोधन गर्नतिर लाग्नुको सट्टा राज्यले दमनको बाटो रोज्यो’ उनले भनेका छन् ‘उत्पन्न नयाँ परिस्थितिबाट फाइदा उठाउँदै नियोजितरुपमा परिचालित संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरे । भाद्र २४ गते देशका ऐतिहासिक तथा पुरातात्विक धरोहर शिंहदरवारदेखि संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंश मच्चाइयो।’
युवाका जायज मागहरूलाई विध्वंशमा परिणत गर्ने नियोजित कार्य भएको भन्दै उनले त्यही मागलाई पूरा गर्ने काम गर्दा गर्दै आफ्नो सरकार अपदस्थ गरिएको पनि बताएका छन्।
‘वस्तुतः प्रतिक्रान्तिकारी विध्वंसले भाद्र २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा कालो दिनकारुपमा स्थापित गरेको छ । नेपाली जनताको आत्म निर्णयको अधिकार, राष्ट्रिय स्वाधिनता र नेपाली इतिहासका गौरव र धरोहर माथिको विध्वंसले समेत यसलाई कालो दिन नै बनाएको छ’ उनले भनेका छन् ‘हाम्रो नेतृत्वमा रहेको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अघि बढाइरहेको अवस्थामा हामीलाई हठात् सरकारबाट हटाइएको थियो। हामी न गोली चलाउने पक्षका थियौँ, न सिंहदरबार जलाउने। त्यसैले जेन–जी विद्रोहका नाममा हाम्रो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न सकिँदैन।’
भदौ २४ को घटनापछि षड्यन्त्रपूर्वक गैरदलीय सरकार गठनको प्रक्रियालाई हठात् अघि सारिएकोप्रति पनि उनले गम्भिर आशंका व्यक्त गरेका छन्। त्यसका पछाडि उठेका कैयौ प्रश्नहरूको जवाफ अहिलेसम्म पनि नभेटिएको भन्दै उनले दराजमा थन्क्याइएका प्रतिवेदनहरू सार्वजनिक गर्नसमेत माग गरेका छन्।
‘को दोषी थियो रु आन्दोलनमाथि दमन किन र कसरी भयो रु कसले आन्दोलन भड्कायो रु कसले हिंसा, लुटपाट र विध्वंश मच्चायो रु त्यसबाट लाभ कसले उठायो रु र, यसले नेपालको लोकतान्त्रिक प्रक्रियामा कस्तो प्रभाव पार्योरु यी सबै प्रश्नको सत्यतथ्य उजागर गर्नुपर्छ । दोषी जोसुकै होस्, जुनसुकै राजनीतिक पहुँच वा शक्तिमा होस्, कानुनको दायरामा ल्याइनुपर्छ । संसद् विघटन, गैरदलीय सरकार गठन, निर्वाचनको घोषणा र राज्यका विभिन्न निर्णयहरूले समेत घटनाको समग्र सत्य निरूपणका लागि थप अनुसन्धान आवश्यक रहेको तथ्यलाई स्पष्ट पार्दछन्’ उनले भनेका छन् ‘राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडसम्बन्धी अध्ययन गरी तयार पारेको प्रतिवेदनले समेत घटनामा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाहीको आवश्यकता औँल्याएको छ। आयोगको प्रतिवेदन दराजमा थन्क्याउने विषय होइन, कार्यान्वयन गर्ने दस्तावेज हो । प्रतिवेदनमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी सम्पूर्ण दोषीमाथि कानुनी कारबाही गर्न आवश्यक छ।’
जेनजी आन्दोलनपछि गठन भएका सरकारहरूले समेत उनिहरूका माग पूरा गर्न नसकेको भन्दै प्रचण्डले युवाको आवाजलाई दबाएर होइन, सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुने तथ्य पनि उल्लेख गरेका छन्।
‘आजको अर्को गम्भीर प्रश्न हो, जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्योरु भ्रष्टाचार अन्त्य हुन्छ, सुशासन स्थापित हुन्छ, रोजगारी र अवसर बढ्छन् तथा राज्य जनताप्रति उत्तरदायी हुन्छ भन्ने अपेक्षा गरेका नागरिकहरू आज फेरि निराश छन्। महँगी बढेको छ, अर्थतन्त्र शिथिल छ, व्यवसायी निराश छन्, रोजगारीका अवसर पर्याप्त छैनन्, विदेसिने युवाहरूको संख्या दिनहुँ बढ्दो छ, सार्वजनिक ऋण् बढिरहेको छ, जनतामाथि करको बोझ थपिएको छ। विपद्का बेला समेत नागरिकले समयमै उद्धार, राहत र पुनःस्थापना पाउन नसक्ने अवस्था देखिएको छ’ उनले भनेका छन् ‘युवाको आवाजलाई दबाएर होइन, सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुन्छ। त्यसैले आजको दिन केवल विगत सम्झने दिन होइन। यो राज्यलाई प्रश्न गर्ने, सत्य खोज्ने र भविष्यको बाटो तय गर्ने दिन हो।’
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...