कोहलपुर नगरपालिकालाई संघको चेतावनी


कोहलपुर नगरपालिकालाई संघको चेतावनी

नेपालगन्ज : चाडपर्वको मुखमा कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपछि यसका विरुद्ध ब्यवसायीहरु उत्रिएकाछन् ।

हिन्दुहरु महिलाहरुको महान पर्व तीजको मुखमा कोहलपुर बन्द भएपछि कोहलपुर उद्योग बाणिज्यसंघले गम्भीर आपत्ती जनाउदै नगरपालिका विरुद्ध उत्रिएका हुन् ।

हिन्दुहरुको चाडपर्व नजिकिदै गर्दा एकतर्फीरुपमा कोहलपुर नगरपालिकाले कोहलपुर बन्द गरेपछि यसप्रति संघले आपत्ती जनाउदै निर्णय नसच्चाइए भदौ १ गतेबाट सम्पूर्ण उद्योग व्यवसाय खुल्ला गर्ने चेतावनी दिएकाछन् ।

कोहलपुर उद्योग बाणिज्य संघले उल्लेख गरेका बुदाँहरु साउन ३२ गतेदेखि लागु नगरिए भदौ १ गतेदेखि सबै उद्योग, व्यवसाय सञ्चालन गर्ने चेतावनी दिएको हो ।

कोहलपुर नगरपालिकाले समुदायमा कोरोना भाइरस संक्रमण दिनानुदिन बढ्दै गएपछि बाँकेको कोहलपुर नगरपालिका आगामी भाद्र ५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको थियो ।

कोहलपुर बजार क्षेत्रमा रहेको उद्योग व्यवसाय मात्र बन्द गराई नेपालगन्ज खुला राख्नुले यसक्षेत्रको उद्योग व्यवसाय धरासयी बनाउने सडयन्त्र गरिएको संघले आरोप लगाउदैं ७ बुदेँ ध्यानकर्षण बुझाएकोछ ।

संघका अध्यक्ष चक्रबहादुर अधिकारी र महासचिव तेजप्रताप अधिकारीद्वारा जारी उक्त ध्यानाकर्षण पत्रमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा प्रोटकलहरु अपनाई ब्यापार व्यवसाय सञ्चालन गरि यसक्षेत्रको आर्थिक अवस्थालाई केही सवल बनाउन आफूहरु प्रतिबद्ध रहेको जनाएकोछ ।

कोरोना भाइरस संक्रमणको निश्चित समयवधि नहुने, एउटै जिल्लामा कोहलपुर नेपालगन्जमा फरक निर्णय भएको, यातायात र सवारी साधन पूर्णरुपमा बन्द नभएको, नेपालीहरुको चाडपर्वलाई मध्यनजर नगरि निर्णय गरिएको, बैंक ब्याज, घरबहाल कर, व्यवसायिक करका विषयमा स्थानीय तहबाट कुनै पहल नभएको, सर्वपक्षीय बैठकमा कोहलपुर उद्योग बाणिज्य संघको सुझाव सम्बोधन नभएको, कोहलपुर क्षेत्रमा निजि तथा सरकारी निर्माण कार्यहरु भइरहेको जनाएकोछ ।

कोहलपुर नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै आज साउन ३२ गते शनिबार रातीदेखी भाद्र ५ गते रातीसम्मका लागि कोहलपुर पूर्णरुपमा बन्द गर्ने जनाएकोछ ।

यो पनि पढ्नुहोस्

तीजको मुखमा कोहलपुर बन्द