३१५ पोका अबैध सुर्ती बरामद


३१५ पोका अबैध सुर्ती बरामद

नेपालगन्ज : बाँके प्रहरीले ठूलो मात्रामा अबैध सुर्ती बरामद गरेकोछ ।

बाँकेको कोहलपुर नगरपालिका –२ स्थित पानी ट्याङकी नजिक बेवारिसे अवस्थामा रहेको ३१५ पोका सुपर पावर सुर्ती बरामद गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बेवावरिसे अवस्थामा रहेको उक्त अबैध सुपर पावर सुर्ती जिल्ला प्रहरी कार्यालय बाँकेको टोली शनिबार राती ९ बजे बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

बरामद उक्त सुर्ती आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय आईतबार बुझाइएको उनले बताए ।