ज्यान मार्ने उद्योग मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ


ज्यान मार्ने उद्योग मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ

नेपालगन्ज : अदालतबाट कैद तथा जरिवाना फैसला भइ फरार रहेका ब्यक्तिहरु फक्राउ गर्ने अभियान अन्तरगत एक ब्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँके खजुरा गाउँपालिका वडा नम्बर ५ उढरापुर बस्ने ३८ वर्षिय सुग्गी खाँ, वर्ष ३५ की हुसुनुबानो खाँ र वर्ष ३२का सविर खाँलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले खजुरा गाउँपालिका वडा नम्बर ५ उढरापुर बस्ने सनिमा बानो खाँलाई गत वर्ष भदौ १२ गते बाँसको लाठिले हानी घाइते बनाएका थिए ।

उनीहरुविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता भएपछि फरार रहेका तीनैजनालाई बाँकेको खजुरास्थित ईलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।