नेपालगन्ज : १२ वर्षिया बालिका बलात्कार गर्ने २२ वर्षिय मोहन विक्रम शाहीलाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।
साविक कम्दी गाविस वडा नम्बर ९ हाल डुडुवा गाउँपालिका वडा नम्बर ५ बस्ने शाहीले कम्दी स्थित बाहुन बगैचामा सोही स्थान बस्ने एक १२ वर्षिया बालिकालाई बालात्कार गरि फरार रहेका थिए ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट कैद सजाय सुनाइएका शाही फरार रहेका थिए । अदालतले शाहीलाई ३ वर्ष ११ महिना १६ दिन कैदसजाय तोकेको थियो ।
शाहीलाई उनकै घरबाट ईलाका प्रहरी कार्यालय बनकट्टी(क)ले पक्राउ गरेको हो । पक्राउ परेका शाहीमाथि थप अनुसान्धन भइरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जनाकारी दिए । उनले भने –अदालतबाट कैद तथा जरिवाना फैसला भइ फरार रहेका ब्यक्तिहरु फक्राउ गर्ने अभियान अन्तरगत शाही पक्राउ परेका हुन् ।’