चितवन : नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुईरतीन वर्षको केटो खोजीका लागि सम्बन्धित पोष्टबाट परिचालन गरिएको भए पनि उद्धार गर्न नसकिएको हो ।
उनले भने,‘कतै उत्रियो वा बगेर गयो, थाहा हुन सकेन ।’ यसअघि विसं २०७४ मा आएको बाढीसँगै बढेको राप्ती र नारायणीले बगाएर धेरै गैँडा भारत पुगेका थिए । भारत र नेपाली सीमाबाट १३ वटा गैँडा उद्धार गरी निकुञ्ज ल्याइएको थियो । अरु थप गैँडा भारतीय भूमिमा भएको अनुमान छ । यस वर्ष पनि गत साता राप्ती नदीमा डुबेको अवस्थामा गैँडा मृत भेटिएको थियो ।
बरालले अर्को गैँडाले हानेर गम्भीर अवस्थामा नदी तर्ने क्रममा भासिएर मरेको अनुमान गरिएको बताए । निकुञ्ज हुँदै ठूला दुई राप्ती र नारायणी नदी बग्ने गर्दछन् । हरेक वर्षको वर्षायाममा ती नदी बढेर वन्यजन्तु बगाउने गर्दछ । -रासस
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?